माघ १९, २०८२ सोमबार | ०३:१३:४३
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

टाइम्स र रोयल सेमिफाइनलमा

काठमाडौं । टाइम्स र रोयल समूह चरणका खेलमा शतप्रतिसत जितसहित प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलको टिकट काट्नेक्रममा टाइम्सले कीर्तिपुरलाई ७६–५३ ले पराजित गर्‍यो । टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टोलीका कप्तान समेत रहेका सदीश प्रधानले २० अंक योगदान गरे । पहिलो क्वाटरमा २७–१७ ले अग्रता कायम गरेका टाइम्स चारै क्वाटरमा विपक्षी टोलीमाथि हावी बनेको थियो । दोस्रो क्वाटरमा १७–१३ को अग्रता बनाएको टाइम्सले तेस्रोमा १७–११ र चौथो क्वाटरमा १५–१२ स्कोर गर्‍यो ।

अजय कुशवाहको १६ स्कोर सहयोगमा रोयलले स्कल क्यान्डीलमाथि ८०–६२ को जित दर्ता गर्यो । रोयलले पहिलो क्वाटरमा २१–६ को अग्रता बनाएको थियो । दोश्रोमा १८–२१ ले पछि परेको रोयलले तेश्रोमा १८–१६ र चौथोमा २३–१९ को अग्रता लिएको थियो ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा गोड्सले पनि सेमिफाइनल यात्रा तय गर्न सफल भयो । गोड्सले क्याम्पियनलाई ५७–४० ले पाखा लगायो । गोड्सका मिनेश शाक्यले १५ अंक जोडे । पहिलो क्वाटरमा १२–११ अग्रता लिएको गोड्स दोश्रो ८–८ को बराबरीमा रोकिएको थियो । गोड्सले तेश्रोमा २२–१४ र चौथोमा १५–७ को स्कोर गर्‍यो ।

बुधबारै समुह चरणको खेलमा गोल्डेनगेटले बीएमकेमाथि ७९–५७ को जित निकाल्यो । गोल्डेनगेटका विक्रम डंगोलले २७ अंक जोडे । पहिलो क्वाटरमा १७–२२ ले पछि परेको गोल्डेनगेटले दोश्रो २०–१२, तेश्रो २५–१३ र चौथो क्वाटर १७–१० ले आफ्नो पक्षमा पार्‍यो ।

लिगको अन्तिम दिन बिहीबार हुने एक मात्र खेलमा कीर्तिपुरले गोल्डेनगेटको सामना गर्दैछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।