चैत्र ८, २०८२ आइतबार | ००:५६:०२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

टाइम्स र रोयल सेमिफाइनलमा

काठमाडौं । टाइम्स र रोयल समूह चरणका खेलमा शतप्रतिसत जितसहित प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलको टिकट काट्नेक्रममा टाइम्सले कीर्तिपुरलाई ७६–५३ ले पराजित गर्‍यो । टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टोलीका कप्तान समेत रहेका सदीश प्रधानले २० अंक योगदान गरे । पहिलो क्वाटरमा २७–१७ ले अग्रता कायम गरेका टाइम्स चारै क्वाटरमा विपक्षी टोलीमाथि हावी बनेको थियो । दोस्रो क्वाटरमा १७–१३ को अग्रता बनाएको टाइम्सले तेस्रोमा १७–११ र चौथो क्वाटरमा १५–१२ स्कोर गर्‍यो ।

अजय कुशवाहको १६ स्कोर सहयोगमा रोयलले स्कल क्यान्डीलमाथि ८०–६२ को जित दर्ता गर्यो । रोयलले पहिलो क्वाटरमा २१–६ को अग्रता बनाएको थियो । दोश्रोमा १८–२१ ले पछि परेको रोयलले तेश्रोमा १८–१६ र चौथोमा २३–१९ को अग्रता लिएको थियो ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा गोड्सले पनि सेमिफाइनल यात्रा तय गर्न सफल भयो । गोड्सले क्याम्पियनलाई ५७–४० ले पाखा लगायो । गोड्सका मिनेश शाक्यले १५ अंक जोडे । पहिलो क्वाटरमा १२–११ अग्रता लिएको गोड्स दोश्रो ८–८ को बराबरीमा रोकिएको थियो । गोड्सले तेश्रोमा २२–१४ र चौथोमा १५–७ को स्कोर गर्‍यो ।

बुधबारै समुह चरणको खेलमा गोल्डेनगेटले बीएमकेमाथि ७९–५७ को जित निकाल्यो । गोल्डेनगेटका विक्रम डंगोलले २७ अंक जोडे । पहिलो क्वाटरमा १७–२२ ले पछि परेको गोल्डेनगेटले दोश्रो २०–१२, तेश्रो २५–१३ र चौथो क्वाटर १७–१० ले आफ्नो पक्षमा पार्‍यो ।

लिगको अन्तिम दिन बिहीबार हुने एक मात्र खेलमा कीर्तिपुरले गोल्डेनगेटको सामना गर्दैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो