केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

केएमसी अन्तरविद्यालय बास्केटबलः ज्ञान निकेतन र जेनिथ फाइनलमा

केएमसी अन्तरविद्यालय बास्केटबलमा जुनियर ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । ज्ञान निकेतन र जेनिथ तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ बिहिबार फाइनलमा प्रवेश गरेका छन् ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सेमिफाइनलमा ज्ञान निकेतनले सैनिकलाई ३९-२३ ले पराजित गरेको हो । ज्ञान निकेतनको जितमा महेन्द्र प्याकुरेलले २१ अंक योगदान गरे । सुशिल शाहीको १३ अंक सहयोगमा जेनिथले नेरिक एकेडेमीलाई ३९-३१ ले हरायो ।

जुनियर ब्वाइजतर्फ अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) र ज्ञान निकेतन उपाधिका लागि भिड्ने भएका छन् । एआइएले सनसाइनलाई ३०-२० ले स्तब्ध बनायो । विजेताका दिक्षान्त ठकुरीले १० अंक जोडे ।  

ज्ञान  निकेतनले पुष्प सदनमाथि २०- ४ को जित दर्ता गर्यो । विजयी टोलीका लागि दिप्सन अधिकारीले १५ स्कोर गरे ।

सिनियर गर्ल्सतर्फ इनोभोटिभ र एनसिसीएसले फाइनलमा स्थान सुरक्षित गरे । इनोभेटिभले चेल्सी वर्ल्ड स्कुललाई २९-२३ ले हरायो । इनोभेटिभकी रिड्डी मगरले ११ अंक जोडिन् । 

एलाइट ग्रान्डविरुद्ध एनसिसीएस २०-४ ले विजयी भयो । एनसीसीएसकी विभा महर्जनले ९ अंक जोडिन् । फाइनल शुक्रबार हुनेछ ।