राष्ट्रिय बास्केटबल लिग

एनबिएल खेल्ने टोली सार्वजनिक

काठमाडौं । राष्ट्रिय बास्केटबल लिग (एनबिएल), नेपालको पहिलो संस्करणमा सहभागी हुने आठ क्लबहरुको टुङ्गाे लागेकाे छ । 

नेपाल बास्केटबल संघ (नेबा) बुधबार पत्रकार सम्मेलनमार्फत (एनबिएल) खेल्ने टोलीको सार्वजनिक गरेको हो । लिग आगामी असोज १२ देखि २७ सम्म हुनेछ ।

प्रतियोगितामा विशालमिलन केन्द्र, बुढानीलकण्ठ नगरपालिका बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, हाउन्ड्स एकेडेमी, रोयल स्पोर्टस सेन्ट्रल, टाइम्स क्लब, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले सहभागिता जनाउने छन् । 

नेपाल बास्केटबल संघको स्वीकृति तथा कान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफलाइको संयुक्त सहकार्यमा लिगको हुन लागेको हो । प्रतियोगिताको प्रत्यक्ष प्रशारण तथा मार्केटिङको अधिकार कान्तिपुर टेलिभिजन नेटवर्कले लिएको छ ।