थ्री बाइ थ्री बास्केटबल

मनास्लु र आइएस च्याम्पियन

काठमाडौं । मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । मनास्लु ब्वाइज तथा आइएस गर्ल्सतर्फ च्याम्पियन बनेका हुन् ।

बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा आइतबार भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०-१७ ले पराजित गरेको थियो ।

गर्ल्सको उपाधि भिडन्तमा आइएसले आयोजकको बोर्न टु हुपलाई १६-७ ले हरायो । ब्वाइज/ गर्ल्स दुवैतर्फका विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरे ।  

ब्वाइजमा मनास्लुका कोशिस भुजेल तथा गर्ल्स आइएसएकी सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ५ हजार रुपैयाँ पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव एवं गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिलवाल र गोल्डेनगेटका प्रिन्सिपल रोहितबहादुर पौडेलले पुरस्कृत गरे ।

तीन दिने प्रतियोगितामा ब्वाइजतर्फ २२ तथा गर्ल्सतर्फ ४ टोली सहभागी थिए ।