एसइइ कप बास्केटबल प्रतियोगिता

उपाधिका लागि आइएसए र बोर्न टु हुप भिड्ने

काठमाडौं । आइएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ उपाधिका लागि भिड्ने भएका छन् ।

चार टिम सहभागी प्रतियोगिताको लिग चरणबाट आइएसए विजेता तथा बोर्न टु हुप उपविजेता हुँदै फाइनल प्रवेश गरेका हुन् ।

आइएसएले बोर्न टु हुपलाई १३-७, बलर्स एकेडेमीलाई ६-२ र गोल्डेन बडलाई १३-२ ले पराजित गरेको थियो । बोर्न टु हुपले गोल्डेन बडलाई ७-५ तथा बलर्सलाई ११-८ ले हरायो ।

ब्वाइजमा मनास्लु वर्ल्ड  कलेज, युजिए, ग्रान्डी, बोर्न टु हुप, जिपीएचएस, बलर्स एकेडेमी भिएस ‘ए’ र टिम कुमारले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । ब्वाइजमा २२ टोली सहभागी छन् ।

दुवैतर्फका विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार रुपैयाँ प्रदान गर्नेछ । नगद पुरस्कार बाहेक छात्रवृत्तिको पनि व्यवस्था छ ।