हिसान खेलकुद सप्ताह

हिसान खेलकुद सप्ताहः गोल्डेनगेटलाई सफलता

सांकेतिक तस्बिर

काठमाडौं । गोल्डेनगेटले हिसान छैटौं खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा जित हात पारेको छ । गोल्डेनगेटले बुधबार सिसीएसलाई ३६-२६ ले पराजित गरेको हो ।

ब्वाइज बास्केटबलकै अन्य खेलमा जेभियरले ग्रिनफिल्डलाई ४१-३२, जेएमसीले सिबर्डलाई १३-११ र ओमेगाले हिमालयनलाई ४५-३१ ले हराए । 

गर्ल्स बास्केटबलमा जेभियरले जेएमसीलाई ३७-८ तथा रिलायन्सले गोल्डेनगेटलाई १७-१० ले पन्छाए ।

खेलकुद सप्ताहअन्तर्गतकै ब्वाइज भलिबलमा जेएमसी, रिलायन्स, एन्जल्स हार्ट र ग्लेसियर क्लेजले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।