माघ १५, २०८२ बिहीबार | १६:१७:२४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

प्रथम स्पोर्टस हव ओपन ब्याडमिन्टन प्रतियोगिता साउन दोस्रो सातादेखि सुरु हुने

काठमाडौं । प्रथम स्पोर्टस हव ओपन ब्याड्मिन्टन प्रतियोगिता साउन दोस्रो सातादेखि आयोजना हुने भएको छ ।

स्पोर्टस हव नेपाल प्रालिको आयोजनामा हुने चार दिने प्रतियोगिता कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा पुरुष युगल (शीर्ष २० बाहेक), भेट्रान्स ४५ वर्षमाथि, अवकाशप्राप्त (नेपाली तथा विदेशी) आर्मी र पुलिस, महिला एकल (शीर्ष २० बाहेक), छात्र यू १७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानीयस्तरको गरी सात विधाममा प्रतिस्पर्धा हुनेछ ।

पुरुष युगलको विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले सात हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, भेट्रान्स ४५ वर्षमाथिको विजेता उपविजेताले र तेस्रो हुनेले क्रमशः २५, १५ र पाँच हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ । अवकाशप्राप्त महिला एकल, छात्र यू १७ र सुपर भेट्रान्सको विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः २० र  १० पाँच हजार रुपैयाँ पाउनेछन् । स्थानीयस्तरको विजेताले १५ हजार, उपविजेताले आठ हजार र तेस्रो हुनेले चार हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा एक सय ५० टिमको सहभागिता हुने प्रतियोगिता संयोजक आङ कुसाङ शेर्पाले जानकारी गराए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।