चैत्र १२, २०८२ बिहीबार | २३:२४:०६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

ब्याडमिन्टन संघको अध्यक्षमा श्रेष्ठकै निरन्तरता

काठमाडौं । निवर्तमान अध्यक्ष रामजीबहादुर श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।  नयाँ बानेश्वरमा  सम्पन्र संघको छैंठो अधिवेशनले मंगलबार श्रेष्ठको अध्यक्षतामा ३८ सदस्यीय कमिटी निर्विरोध चयन गरेको हो ।

पूर्वराष्ट्रिय च्याम्पियन समेत रहेका श्रेष्ठ लगातार दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पहिलोपटक उनी २०७२ सालमा अध्यक्ष चुनिएका थिए । त्यसअघि उनले महासचिव भएर पनि काम गरेका थिए ।

श्रेष्ठको नयाँ केन्द्रीय कमिटीमा १० उपाध्यक्ष,  एक महासचिव,  एक उप-महासचिव, ५ सचिव, एक कोषाध्यक्ष, एक सह-कोषाध्यक्ष र १९ सदस्य छन् ।

उपाध्यक्षहरुमा चन्द्रशेखर उदयकुमार श्रेष्ठ, जी नारायणबहादुर क्षत्री, धुव्र महर्जन, अनोज बस्नेत, लवभक्त श्रेष्ठ, मानबहादुर मल्ल, नारायणदास श्रेष्ठ, डिल्लीराम डाँगी र गिताकुमारी शाही चुनिँदा महासचिवमा विरेन्द्र श्रेष्ठ, उपमहासचिवमा नवीनविक्रम शाह, सचिवहरुमा समीरबहादुर सिंह, दीपक थापा, जगतबहादुर खड्का, राजु थापा र बेनुपराज खत्री चयन भए ।

कोषाध्यक्षमा तिलक पाण्डे, सह-कोषाध्यक्षमा प्रकाश ढकाल चुनिँदा सदस्यहरुमा भिमशेन लामा, मिनकुमार दाहाल, राजकुमार गुरुङ, कमलेश निरौला, कुशल कुमार केसी, नारायण प्रसाद शर्मा, महेशमान श्रेष्ठ, डम्बर थापा, महेशकेशर खनाल, रामचन्द्र गिरी, पुष्पधन शाक्य, नरेश कायस्थ, नारायण श्रेष्ठ, पुर्ण भक्त चित्रकार, भरत मल्ल, सत्यनारायण मानन्धर, केशव कार्की, भूवन श्रेष्ठ र ईश्वर चिपालु चयन भए ।

साधारण सभाको उद्घाटन समारोहमा एसिया ब्याडमिन्टनका प्रतिनिधि तथा पारा ब्याडमिन्डनका प्रमुख केन्ली छिरिङ, नेपाल ब्याडमिन्टका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन दीपक विष्ट, वरिष्ठ खेल पत्रकार अजय फुयाल, राष्ट्रिय खेकुद परिषद् (राखेप)का कर्माचारी संघका पूर्वअध्यक्ष राजन थापा लगायतको उपस्थित थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो