काठमाडौं । भारतसँग ३-० को साझो सेटमा पराजित हुँदा नेपाली पुरुष ब्याडमिन्टन टोली चीनको हाङ्झाउमा जारी १९ औं एसियाली खेलकुदमा क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
बिनजियाङ जिम्नजियममा शुक्रबार भएको खेलमा प्रिन्स दाहाल लक्ष्य सेनसँग २-० को साेझो सेटमै पराजित भए । प्रिन्सले खेल ५-२१, ८-२१ ले गुमाएका थिए ।
श्रीकान्त किदाम्बीसँगको खेलमा पनि सुनील जोशीको प्रर्दशन निरासाजनक रह्यो । उनी ४-२१ र १३-२१ ले स्तब्ध बने ।
तेस्रो तथा अन्तिम खेलमा विष्णु कटुवाल २-२१ र ७-२१ ले पराजित भए । नेपालले मंगोलियालाई ३-१ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
