माघ १८, २०८२ आइतबार | ११:३१:५५
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एसियाली खेलकुदमा सहभागी हुने ब्याडमिन्टन टोलीलाई ट्रयाक सुट वितरण

काठमाडौं । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको ब्याडमिन्टनमा सहभागिता जनाउने  नेपाली टोलीलाई बुधबार केल्मीको ट्रयाक सुट प्रदान गरिएको छ ।

अस्ट्रेलियामा बसोवास गर्ने ब्याडमिन्टन प्रेमी मुक्ति रोका र टीका रोकाले प्रोत्साहन स्वरुप प्रायोजन गरेको ट्रयाक सुट आठ खेलाडी र दुई प्रशिक्षकलाई प्रदान गरिएको ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनले जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) तालिम तथा प्रशिक्षण विभागका निर्देशक पनि रहेका १९औं एसियाली खेलकुद तयारी समितिका सचिव प्रचण्ड शर्मा र नेपाल ब्याडमिन्टन संघका संयोजक रामजीबहादुर श्रेष्ठले टोलीका सदस्यलाई ट्रयाक सुट हस्तान्तरण गरे ।

असोज ६ गतेदेखि सुरु हुने हाङझाव एसियाली खेलकुदको ब्याडमिन्टनमा नेपालबाट समान चार पुरुष/महिला खेलाडी सहभागी हुँदैछन् । पुरुषमा प्रिन्स दाहाल, सुनिल जोशी, विष्णु कटुवाल र जीवन आचार्य रहेका छन् तथा महिलामा रसिला महर्जन, निता लम्साल, अनुमाया राई र नङशल तामाङ छन् ।

एसियाडको ब्याडमिन्टनमा नेपालको ठूलो सफलता क्वार्टरफाइनलसम्म पुग्नु रहेको मुख्य प्रशिक्षक योञ्जनले जानकारी गराए । इन्चोन र जकार्ता/पालेम्वाङ एसियाडमा पुरुष टिम इभेन्टमा नेपालले क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।