चैत्र ११, २०८२ बुधबार | ००:१५:४०
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

‘राइट टु प्रोटिन रन’ शनिबार हुने

काठमाडौं । नेपाल भेटनरी एसोसिएसनको आयोजनमा अगामी शनिबार ‘राइट टु प्रोटिन रन’ हुने भएको छ ।

प्रतियोगितमा  हाफ म्याराथन महिला तथा पुरुष,१० किमि पुरुष, पाँच किमि महिला, पाँच किमि विद्यार्थी पुरुष, तीन किमि विद्यार्थी महिला, ह्विलचियर महिला तथा पुरुष विधा समावेश गरिएको छ ।

प्रतियोगिता विहान सात बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालाबाट सुरु हुनेछ । हालसम्म यी सबै विधामनगरी कुल तीन हजार तीन सय चार जनाले नामा दर्ता गराएको आयोजनकले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागिताका लागि तीन सय रुपैयाँ तिरेर इ-सेवा वा फोनपे मार्फत आफ्नो नाम दर्ता गराउन सकिनेछ ।

यो गत वर्ष आयोजना भएको ‘रन फर प्रोटिन’को दोस्रो संस्करण हो । गत वर्ष हाफ म्याराथनको महिलातर्फ सन्तोषि श्रेष्ठ तथा पुरुषतर्फ तिर्थ पुन प्रथम भएका थिए ।

प्रतियोगिताको कूल पुरस्कार राशी १४ लाख ८३ हजार तीन ३३ रुपैयाँ रहेको आयोजकले बताएको छ । हाफ म्याराथनका विजेताले एक लाख ३३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी यो विधामा पाँचौ स्थानसम्म हासिल गर्नेलाई पुरस्कारको ब्यवस्था गरिएको छ ।

यस्तै प्रतियोगितामा आ-आफ्नो विधामा दौड पूरा गर्नेलाई मेडल प्रदान गरिनेछ । प्रयितोगितालाई नेपाल एथलेटिक्स संघको मान्यता प्राप्त हुनुका साथै नेपाल दाना संघ तथा यसमा आवद्ध दाना उद्योगहरु सहयोगिका रुपमा छन् ।

यो प्रतियोगितालाई  प्राइम हस्पिटलले हस्पिटल पार्टनर इ–सेवाले टेकेटिङ पार्टन तथा मेरियोट होटल र फायरफिल्ड बाइ मेरियट हस्पिटालिटी पार्टनरका रुपमा जोडिएका छन् ।



 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो