चैत्र १८, २०८२ बुधबार | ०८:२७:०६
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

एलटिके एथलेटिक्स ट्रयाकको उद्घाटन

चितवन । चितवनको देवनगरमा नीजि खर्चमा निर्माण गरिएको एथलेटिक्स ट्रयाकको शनिबार उद्घाटन भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले चितवनका स्थायी बासिन्दा देबेन लोहनीले नीजि खर्चमा निर्माण गरेको एथलेटिक्सको ट्रयाकको शनिबार उद्घाटन गरे । 

देबनगरका स्थायी बासिन्दा लोहनले करिब ३० लाख रुपैयाँ नीजि खर्चमा हबेलीमा २ सय मिटरको एथलेटिक्स ट्रयाकको निर्माण गरेका छन् । करिब ११ बिगाहा क्षेत्रफलमा फैलिएको आफ्नो फार्म हाउसको पोखरीलाई पुरेर उनले एथलेटिक्सको संरचना तयार पारेका हुन् ।

खेलकुद संरचनाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नीजि क्षेत्रको लगानीबाट मात्र खेलकुद विकासको फड्को मार्न सक्ने बताए । उनले खेलकुदलाई पर्यटन, आर्थिक, स्वास्थ्य, राष्ट्रिय गौरव लगायत विविध क्षेत्रसँग जोड्न सकिने उल्लेख गर्दै यसलाई उधोगको रुपमा विकाश गर्नुपर्ने धारणा राखेका थिए ।

व्यवसायी लोहनले स्थानीय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले आफुले खेलकुदको संरचना निर्माण गरेको बताए । उनले स्थानीयदेखि राष्ट्रिय स्तरका खेलाडीहरु अन्तराष्ट्रिय प्रतियोगिताका लागि ट्रयाकमा आएर अभ्यास र तयारी गर्न सक्ने बताउँदै आफुले खेलाडीलाई सक्दो सहयोग गर्ने धारणा राखेका थिए । व्यवसायीक रुपमा चितवनमा लेक ट्वान्टी थाउजेन्ट फार्म एण्ड रिट्रिट सञ्चालन गरेका लोहनीले रिसोर्टभित्र अन्तराष्ट्रिय मापदण्डको पौडी पोखरी समेत निर्माण गरेका छन् । खेलकुद र कलालाई पर्यटन गर्न जोड्ने उद्धेश्यका साथ आफु अघि बढिरहेको लोहनीको भनाई छ । सो अवसरमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई सम्मान गरिएको थियो ।

ट्रयाकको उद्घाटन गर्दै देबनगर हबेलीमा दुई दिने एलटीके ट्रयाक एण्ड फिल्ड प्रतियोगिताको सुरुवात समेत गरिएको छ । ट्रयाक एण्ड फिल्डका १४ विधा समावेश गरेर आयोजना गरिएको प्रतियोगितामा देशभरका ३ सय बढी खेलाडी सहभागी छन् । दुई दिनसम्म चल्ने प्रतियोगिताका मुख्य स्पर्धा भने आईतबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो