माघ १६, २०८२ शुक्रबार | ०६:५६:३९
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

एलटिके एथलेटिक्स ट्रयाकको उद्घाटन

चितवन । चितवनको देवनगरमा नीजि खर्चमा निर्माण गरिएको एथलेटिक्स ट्रयाकको शनिबार उद्घाटन भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले चितवनका स्थायी बासिन्दा देबेन लोहनीले नीजि खर्चमा निर्माण गरेको एथलेटिक्सको ट्रयाकको शनिबार उद्घाटन गरे । 

देबनगरका स्थायी बासिन्दा लोहनले करिब ३० लाख रुपैयाँ नीजि खर्चमा हबेलीमा २ सय मिटरको एथलेटिक्स ट्रयाकको निर्माण गरेका छन् । करिब ११ बिगाहा क्षेत्रफलमा फैलिएको आफ्नो फार्म हाउसको पोखरीलाई पुरेर उनले एथलेटिक्सको संरचना तयार पारेका हुन् ।

खेलकुद संरचनाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नीजि क्षेत्रको लगानीबाट मात्र खेलकुद विकासको फड्को मार्न सक्ने बताए । उनले खेलकुदलाई पर्यटन, आर्थिक, स्वास्थ्य, राष्ट्रिय गौरव लगायत विविध क्षेत्रसँग जोड्न सकिने उल्लेख गर्दै यसलाई उधोगको रुपमा विकाश गर्नुपर्ने धारणा राखेका थिए ।

व्यवसायी लोहनले स्थानीय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले आफुले खेलकुदको संरचना निर्माण गरेको बताए । उनले स्थानीयदेखि राष्ट्रिय स्तरका खेलाडीहरु अन्तराष्ट्रिय प्रतियोगिताका लागि ट्रयाकमा आएर अभ्यास र तयारी गर्न सक्ने बताउँदै आफुले खेलाडीलाई सक्दो सहयोग गर्ने धारणा राखेका थिए । व्यवसायीक रुपमा चितवनमा लेक ट्वान्टी थाउजेन्ट फार्म एण्ड रिट्रिट सञ्चालन गरेका लोहनीले रिसोर्टभित्र अन्तराष्ट्रिय मापदण्डको पौडी पोखरी समेत निर्माण गरेका छन् । खेलकुद र कलालाई पर्यटन गर्न जोड्ने उद्धेश्यका साथ आफु अघि बढिरहेको लोहनीको भनाई छ । सो अवसरमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई सम्मान गरिएको थियो ।

ट्रयाकको उद्घाटन गर्दै देबनगर हबेलीमा दुई दिने एलटीके ट्रयाक एण्ड फिल्ड प्रतियोगिताको सुरुवात समेत गरिएको छ । ट्रयाक एण्ड फिल्डका १४ विधा समावेश गरेर आयोजना गरिएको प्रतियोगितामा देशभरका ३ सय बढी खेलाडी सहभागी छन् । दुई दिनसम्म चल्ने प्रतियोगिताका मुख्य स्पर्धा भने आईतबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।