माघ १७, २०८२ शनिबार | ०६:०९:१९
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

ओलम्पिकको एथ्लेटिक्स सहभागितामा अर्को हेरफेर

काठमाडौं, (खेलाडी)- टोकियो ओलम्पिकमा नेपाली एथ्लेटिक्सको सहभागितामा फेरी हेरफेर भएको छ ।

प्रशिक्षकका रुपमा लामो समयदेखि म्याराथन धावक गोपीचन्द्र पार्कीलाई प्रशिक्षण गराएका सन्तोष श्रेष्‍ठ अन्तत ओलम्पिकमा प्रशिक्षकका रुपमा सहभागि हुने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले श्रेष्‍ठले कोभिड १९ विरुद्धको खोपका दुवै मात्रा नलगाएको भन्दै केही दिनअघि उनको ठाउँमा इन्द्रकुमारी मल्ललाई प्रशिक्षकका रुपमा सहभागि गराउने घोषणा गरेको थियो । 

तर ओलम्पिक आयोजकको स्वास्थ्य मापदण्डअनुसार दैनिक गरिने पिसिआर परिक्षणमा शुक्रबार मल्लको नतिजा पोजेटिभ आएपछि उनको ठाउँमा पुनः श्रेष्‍ठलाई सहभागि गराउने निर्णय गरेको एनओसी अध्यक्ष जीवनराम श्रेष्‍ठले जानकारी गराएका छन् । 

‘कोभिड १९ को पिसिआर परिक्षण गर्दा मल्लको रिपोर्ट पोजेटिभ प्राप्त भएको छ । अतः टोकियो ओलम्पिक २०२० को आयोजक कमिटीको कोभिड सम्बन्धि नियमअनुसार उहाँलाई सहभागि गराउन नमिल्ने भएको हुँदा उहाँको प्रतिस्पधापनमा पहिलेको लङ लिस्टमा एक्रिडिएट भइसकेको प्रशिक्षक सन्तोष श्रेष्‍ठलाई सहभागि गराउने सम्बन्धित निकायहरुबीचमा सहमति भएको हुँदा सबैलाई जानकारी गराउँदछु,’ एनओसी अध्यक्ष श्रेष्‍ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

एनओसीले यसअघि एथ्लेटिक्सको तर्फबाट म्याराथनमा सहभागिता जनाउने भन्दै नेपालगञ्‍ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा गरेको थियो । नेपालगञ्‍ज म्याराथनका विजेता पार्कीलाई ओलम्पिक सहभागि गराउने भन्दै आठ महिनादेखि प्रचार गरे पनि अन्तिम समयमा दुई साताअघि एनओसीले उनको ठाउँमा महिला १ सय मिटरमा सरस्वति चौधरीलाई सहभागि गराउने निर्णय सार्वजनिक गरेको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।