चैत्र ५, २०८२ बिहीबार | २०:४८:११
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

ओलम्पिकको एथ्लेटिक्स सहभागितामा अर्को हेरफेर

काठमाडौं, (खेलाडी)- टोकियो ओलम्पिकमा नेपाली एथ्लेटिक्सको सहभागितामा फेरी हेरफेर भएको छ ।

प्रशिक्षकका रुपमा लामो समयदेखि म्याराथन धावक गोपीचन्द्र पार्कीलाई प्रशिक्षण गराएका सन्तोष श्रेष्‍ठ अन्तत ओलम्पिकमा प्रशिक्षकका रुपमा सहभागि हुने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले श्रेष्‍ठले कोभिड १९ विरुद्धको खोपका दुवै मात्रा नलगाएको भन्दै केही दिनअघि उनको ठाउँमा इन्द्रकुमारी मल्ललाई प्रशिक्षकका रुपमा सहभागि गराउने घोषणा गरेको थियो । 

तर ओलम्पिक आयोजकको स्वास्थ्य मापदण्डअनुसार दैनिक गरिने पिसिआर परिक्षणमा शुक्रबार मल्लको नतिजा पोजेटिभ आएपछि उनको ठाउँमा पुनः श्रेष्‍ठलाई सहभागि गराउने निर्णय गरेको एनओसी अध्यक्ष जीवनराम श्रेष्‍ठले जानकारी गराएका छन् । 

‘कोभिड १९ को पिसिआर परिक्षण गर्दा मल्लको रिपोर्ट पोजेटिभ प्राप्त भएको छ । अतः टोकियो ओलम्पिक २०२० को आयोजक कमिटीको कोभिड सम्बन्धि नियमअनुसार उहाँलाई सहभागि गराउन नमिल्ने भएको हुँदा उहाँको प्रतिस्पधापनमा पहिलेको लङ लिस्टमा एक्रिडिएट भइसकेको प्रशिक्षक सन्तोष श्रेष्‍ठलाई सहभागि गराउने सम्बन्धित निकायहरुबीचमा सहमति भएको हुँदा सबैलाई जानकारी गराउँदछु,’ एनओसी अध्यक्ष श्रेष्‍ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

एनओसीले यसअघि एथ्लेटिक्सको तर्फबाट म्याराथनमा सहभागिता जनाउने भन्दै नेपालगञ्‍ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा गरेको थियो । नेपालगञ्‍ज म्याराथनका विजेता पार्कीलाई ओलम्पिक सहभागि गराउने भन्दै आठ महिनादेखि प्रचार गरे पनि अन्तिम समयमा दुई साताअघि एनओसीले उनको ठाउँमा महिला १ सय मिटरमा सरस्वति चौधरीलाई सहभागि गराउने निर्णय सार्वजनिक गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो