माघ १८, २०८२ आइतबार | १३:०५:५६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

केटिएम रनको दर्ता आजदेखि खुल्ला

काठमाडौं । सर्वाधिक पुरस्कार राशीको केटिएम रनको दर्ता आज (मंगलबार)बाट खुल्ला गरिएको छ । शेर्पा आउटडोरको केटिएम सिटीले माघ १५ (जनवरी २९)मा आयोजना गर्न लागेको केटिएम रनको खेलाडी दर्ता आजबाट खुल्ला गरेको हो ।

 आयोजक केटिएम सिटीले अनलाइनमार्फत आजबाट खेलाडी दर्ता गर्न सकिने जनाएको छ । केटिएम रन डट कममा गएर खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्ने आयोजकले बताएको छ ।

केटिएम सिटीको आउटलेट रहेका दरबारमार्ग, ठमेल, जावलाखेल, बौद्ध र पुरानो बानेश्वरमासमेत खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्न र दर्ता शुल्क ९ सय ९० रुपैयाँ राखिएको आयोजकले जानकारी दिएको छ । दर्ता गरेसँगै खेलाडीले दौडमा लगाउनुपर्ने टिसटसहित आवश्यक सामाग्री प्राप्त गर्नेछन् । खेलाडी दर्ताको अन्तिम समय माघ १३ गते दिउँसो १ बजेसम्म छ ।

केटिएम रन पुरुष र महिला गरि दुई स्पर्धामा सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यो पुरस्कार १० किलोमिटर स्पर्धामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी हो ।

दोस्रो हुने दुवै स्पर्धाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौथों हुनेले २० हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीले गिफ्ट भौचर प्राप्त गर्नेछन् ।

केटिएम रनको रुटसमेत निश्चित भैसकेको छ । दरबारमार्गबाट सुरु हुने दौड घण्टाघर, भद्रकाली, शहीद गेट, त्रिपुरेश्वर, थापाथली, माईतिघर, बबरमहल, बानेश्वर हुँदै फर्किएर माईतिघर, थापाथली, त्रिपुरेश्वर, न्युरोड, जमल हुँदै पुन दरबारमार्ग आएर समापन हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।