माघ १५, २०८२ बिहीबार | १३:५५:३८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

सुदीप र स्वागता उत्कृष्ट

काठमाडौं । नेपालका सुदिप थारु, युवराज विक र स्वागता खैजु तथा बंगलादेशी सुमुया देवान मंगलबार  युथ एथलेटिक्स च्याम्पियनसिपको आ-आफ्नो उमेर समूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यु १६ को छात्रमा सुदीप र छात्रामा सुष्मा तथा यु २० को छात्रमा युवराज र छात्रामा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यु २० उमेर समूहअन्तर्गत एक सय मिटर दौडको छात्रमा जाजरकोटका युवराज विकले ११ सेकेण्डमा दाैड पूरा गदैै पहिलो स्थान हात पार्दो सोही स्पर्धाको छात्रातर्फ बंगलादेशकी सुमुया देवानले ११ दशमलब ८५ सेकेन्डमा दौड पूरा गरिन् ।

चार सय मिटर छात्रमा  बंगलादेशका जेल्डासर्जिल रसिम खान निर्धारित दुरी ५१.६ सेकेन्डमा पूरा गरे भने छात्रामा बंगलादेशकी रुना नस्रत जाहानले  दुरी पूरा गर्न एक मिनेट ४ सेकेन्ड खर्चिइन ।

८ सय मिटर छात्रमा कञ्चनपुरका सञ्जीव नेपालीले निर्धारित दुरी २० मिनेट ०३.९ सेकेन्ड सेकेण्डमा र छात्रामा जुम्लाकी राममाया बुढा २ मिनेट २६.३६ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे ।

एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित प्रतियोगिताको यु २० हाइजम्पको छात्रमा मोरङका सागर यादव (१.६६ मिटर) र छात्रामा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको छात्रमा चितवनका ललित राउत (१०.७० मिटर) र छात्रामा दाङकी सुशीला चौधरी (९.६२ मिटर) ले स्वर्ण जिते ।

यु १६ एक सय मिटर दौडको छात्रमा वीरगन्जका आदेशकुमार यादव (११.२४ सेकेन्ड) र छात्रामा भक्तपुरकी स्वागता खैजुले शीर्ष स्थान हात पारे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।