चैत्र ६, २०८२ शुक्रबार | १०:२२:४४
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

फन रन चैत ३ मा हुने

काठमाडौं । हायर ग्राउन्ड नेपालको आयोजनमा ५ केमि फन रन कार्यक्रम चैत ३ गते हुने भएको छ । यो  कार्यक्रम तीन वर्षपछि हुन लागेको हो ।

कार्यक्रम बिहान ७ बजे देखि जावलाखेल स्थित सेन्ट जेभियर्स स्कुलको खेलकुद मैदानमा हुनेछ । कार्यक्रमले नेपाली महिलाहरुको सशक्तिक्रणमा टेवा पुर्याउनुका साथै विभिन्न विपन्न वर्गका व्यक्तिहरूको सहयोगको निम्ति महत्त्वपूर्ण कोष लक्ष्य राखेको छ ।

कार्यक्रममा १५०० भन्दा बढी सहभागी हुने आयोजकको अनुमान छ । प्रतियोगितामा सहभागिताका लागि सबैलाई खुल्ला गरिएको छ । ५०० रुपैयाँ तिरेर नाम दर्ता गराउन सकिने आयोजकले बताएको छ ।

कार्यक्रममा दौडबाहेक विभिन्न रमाइला कार्यक्रम जस्तै एलिगेन्ट जुम्बा जोन द्वारा संचालित जुम्बा डान्स, बालबालिकाहरू खेल्ने ठाउँ, फेस पेन्टिङ लगायत महिला उद्य‌मीद्वारा सञ्चालित स्टलहरू हुनुका साथसाथै ब्लाइन्ड रक्स संस्थाद्वारा सांगीतिक कन्सर्ट पनि हुनेछ। प्रत्येक सहभागीलाई टी(शर्ट, सहभागीता पदकका साथसाथै खाजा पनि उपलब्ध गराइनेछ ।

सन् २०१५देखि वार्षिक रूपमा हुन कार्यक्रमको गुडविल एम्बासेडर नेपालका प्रसिद्ध धाविका रशिला तामाङ छिन् ।

सन् २०१५ मा फन रनमार्फत दौड यात्रा सुरु गरेकी रशिला सन् २०२३ मा एसिया ट्रेल मास्टर जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् ।

कार्यक्रमको मुख्य प्रायोजक हायर ग्राउन्ड नेपाल रहेको छ भने अन्य प्रायोजकमा शेरा, डिएचएल, फेदरवेब्स, रामखामहेङ एडभेन्ट इन्टरनेशनल स्कुल  थाइल्यान्ड, मानबहादुर श्रेष्ठ मेमोरियल फाउन्डेशन र पार्क एभिन्यु रहेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो