चैत्र ८, २०८२ आइतबार | १६:०५:२५
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

धावक वैकुण्ठ मानन्धरलाई ‘उज्ज्वल तारा खेल सम्मान’ प्रदान गरिने

काठमाडौं । उज्ज्वल तारा स्कुल काँडाघारीले म्याराथुन धावक वैकुण्ठ मानन्धरलाई १५ हजार ५ सय ५५ रुपैयाँ राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान-२०८०’ प्रदान गर्ने भएको छ ।

७२ वर्षिय म्याराथान धावक वैकुण्ठ दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण पदक जितेका छन् । उनले सन् १९७६ देखि १९८८ सम्म भएका ओलम्पिकमा सहभागिता जनाए ।

विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को सातौं संस्करणकोे अवसरमा  वैकुण्ठलाई सो सम्मान प्रदान गरिने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीले बताइन् ।

५ किलोमिटर दुरीको दौड प्रतियोगिता असोज २७ गते शनिबार आयोजना गरिने दौडका संयोजक एवं नेपाली सेनाका महासेनानी विष्णु कार्कीले बताए ।

संयोजक कार्कीका अनुसार प्रतियोगितामा खुल्लातर्फ १८ वर्षभन्दा माथिका उमेर समूहको महिला र पुरुष, ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिला तथा अभिभावकतर्फ पुरुष र महिला र युगल जोडीको गरि ७ विधा रहने छ ।

दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफि, पदक र प्रमाणपत्रको साथै पोखरा र चितवनका तारे होटेलहरुमा एक रात खानेबस्ने सुविधा सहितको उपहार रहेको महासेनानी कार्कीले बताए ।

कार्कीका अनुसार दौडमा सहभागी हुन प्रत्येक सहभागीले नाम दर्ता शुल्क वापत ३ सय ५० रुपैयाँ तिर्नुपर्ने र त्यसबाट संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘बाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो