माघ १७, २०८२ शनिबार | १४:०३:४७
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

धावक वैकुण्ठ मानन्धरलाई ‘उज्ज्वल तारा खेल सम्मान’ प्रदान गरिने

काठमाडौं । उज्ज्वल तारा स्कुल काँडाघारीले म्याराथुन धावक वैकुण्ठ मानन्धरलाई १५ हजार ५ सय ५५ रुपैयाँ राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान-२०८०’ प्रदान गर्ने भएको छ ।

७२ वर्षिय म्याराथान धावक वैकुण्ठ दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण पदक जितेका छन् । उनले सन् १९७६ देखि १९८८ सम्म भएका ओलम्पिकमा सहभागिता जनाए ।

विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को सातौं संस्करणकोे अवसरमा  वैकुण्ठलाई सो सम्मान प्रदान गरिने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीले बताइन् ।

५ किलोमिटर दुरीको दौड प्रतियोगिता असोज २७ गते शनिबार आयोजना गरिने दौडका संयोजक एवं नेपाली सेनाका महासेनानी विष्णु कार्कीले बताए ।

संयोजक कार्कीका अनुसार प्रतियोगितामा खुल्लातर्फ १८ वर्षभन्दा माथिका उमेर समूहको महिला र पुरुष, ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिला तथा अभिभावकतर्फ पुरुष र महिला र युगल जोडीको गरि ७ विधा रहने छ ।

दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफि, पदक र प्रमाणपत्रको साथै पोखरा र चितवनका तारे होटेलहरुमा एक रात खानेबस्ने सुविधा सहितको उपहार रहेको महासेनानी कार्कीले बताए ।

कार्कीका अनुसार दौडमा सहभागी हुन प्रत्येक सहभागीले नाम दर्ता शुल्क वापत ३ सय ५० रुपैयाँ तिर्नुपर्ने र त्यसबाट संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘बाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिनेछ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।