चैत्र १४, २०८२ शनिबार | १८:०८:२२
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

नेपालगञ्ज म्याराथन मंसिर ९ गते हुने

आठौं नेपालगञ्ज म्याराथन विजेता खडकबहादुर खड्का र सन्तोषी श्रेष्ठ

काठमाडौं । धारा नेपालगञ्ज म्याराथनको नवौं संस्करण मंसिर ९ गते हुने भएको छ । आयोजक संस्था क्रियटिभ ह्यान्ड्सले शुक्रबार प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।

सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको मिति २०६३ साल मंसिर ५ गतेको सम्झनामा हरेक वर्ष मंसिरको पहिलो शनिबार नेपालगञ्ज म्याराथन हुदै आएको छ ।

आयोजकले  प्रतियोगिताका भदौ १ गतेदेखि खेलाडी दर्ता खुला गरिएको जनाएको छ । नेपालगन्ज म्याराथनको वेभसाइटमा गएर फर्म भर्न र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ ।

प्रतियोगितामा यस वर्ष चार विधा थप गरि १४ वटा विधा समावेश गरिएको छ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन, महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष/ महिला खुल्ला, पाँच किमी स्कुलस्तरीय छात्र/ छात्रा, किड्स रन (८ देखि १२ वर्ष उमेर समुह), पाँच किमी कर्पोरेट रन, पाँच किमी ट्राइसाइकल र पाँच किमी वाकाथन समावेश गरिएको छ ।

स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बारा जिल्ला गरी अलग-अलग स्पर्धा गराएर पुरस्कृत गरिने बताइएको छ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको पाँच किलोमिटरको दौड सञ्चालन गर्ने आयोजकको तयारी छ ।

म्याराथन नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुआती विन्दुमै आएर सकिने आयोजक संस्थाका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । 
 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो