वैशाख २८, २०८२ आइतबार | १२:२३:५०
नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा

खेलाडीले दौड पूरा गर्न बढी समय लगाएपछि एथलेटिक्स महासंघको अध्यक्ष बर्खास्त

काठमाडाैं । सोमालियाका खेलकुद मन्त्रीले मोहम्मद बार्रे मोहमुदले एथलेटिक्स महासंघको अध्यक्षलाई बर्खास्त गरेका छन् ।

विश्व युनिभर्सिटी गेम्समा एक महिला धाविकाले १ सय मिटर दौड पूरा गर्न २१ सेकेन्डभन्दा बढी समय लगाएपछि सोमािलयन एथलेटिक्स महासंघका अध्यक्ष खादिजो अदेन दाहिर बर्खास्तमा परेकी हुन् ।

चीनमा भएको विद्यार्थीको खेलमा सोमालियाकी नस्रा अबुकर अली पनि सहभागी थिइन् । तर उनले १ सय मिटर दौड सबैभन्दा अन्त्यमा पूरा गरिन् । अलीले पहिलो स्थान आउने भन्दा १० सेकेन्ड बढी समय लगाएकी थिइन् ।

उक्त दौडको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । दौडमा बाँकी प्रतिस्पर्धीले निर्धारित दूरी पूरा गरिसक्दा समेत अली क्यामेराको फ्रेममा अटाउन सकेकी थिइनन् । दौडको पहिलो स्थान हासिल गर्नेले निर्धारित दूरी ११.५८ सेकेन्डमा पूरा गरेकी थिइन् ।

सोमालियाका खेलकुदमन्त्रीले राष्ट्रिय ओलम्पिक कमिटीसँगको छानबिनमा अली खेलकुदसँग सम्बन्धित नभएको बताए ।

सोमालियन एथलेटिक्स महासंघकी अध्यक्ष खाडिजो अडेन दाहिर शक्तिको दुरुपयोग, नातावाद र अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रको नाम बदनाम गर्ने कार्यमा संलग्न छन्,‘मन्त्रीले एक विज्ञप्तिमा भनेका छन्,‘यिनै तथ्यका आधारमा, सोमालिया राष्ट्रिय ओलम्पिक समितिका अध्यक्षले खाडिजो अडेनलाई निलम्बन गर्नुपर्छ।’

मन्त्रालयले सोमालियाको एथलेटिक्स महासंघका अध्यक्ष र सोमाली विश्वविद्यालय खेलकुद संघको झूटोपनका लागि जिम्मेवार व्यक्तिविरुद्ध कानुनी कारबाही गर्ने बताएको छ ।

मन्त्रालयले सोमाली विश्वविद्यालय खेलकुद संघ दर्ता नभएको पनि अनुसन्धानबाट खुलेको जनाएको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP