चैत्र १६, २०८२ सोमबार | २३:२६:२२
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

एथलेटिक्समा सुजित र डिना उत्कृष्ट खेलाडी

दोस्रो बागमती प्रदेश खेलकुदः एथलेटिक्समा उत्कृष्ट खेलाडी चुनिएका सुजित र डिना


हेटौंडा ।  मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत बुधबार सम्पन्न एथलेटिक्सको एक सय मिटर दौडमा स्वर्ण जितेका छन् ।

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा  डिनाले महिला तथा सहनचन्द्रले पुरुषतर्फ स्वर्ण जितेका हुन् ।

डिनाले १४.१९ तथा सहनचन्द्रले ११.८६ सेकेन्डको समय निकाले । महिलामा भक्तपुरकी स्वागता खाइजुले रजत र चितवनकी रोजिना गुरुङले कास्य पदक जिते ।

पुरुषमा चितवनका आशिष राउत र मकवानपुरका गौरव मोक्तानले क्रमशः रजत र कास्य पदक हात पारे ।

१० हजार मिटर दौडमा महिला सिन्धुपाल्चोककी निनु तामाङले ४६.१ मिनेटको समय निकाल्दै स्वर्ण जितिन् । दोलाखाकी सोनु घोतानेले रजत र धादिङकी लक्ष्मी थापाले कास्य पदक प्राप्त गरे।

यसै विधाको पुरुषमा सिन्धुपाल्चोककी मिगमार सिङ्गीले ३६ मिनेट दुई सेकेन्डका साथ स्वर्ण जिते । काठमाडौंका धर्म महर्जन र पवनकुमार साह क्रमशः रजत र कास्य पदक हात पारे ।

महिलातर्फ चार सय  मिटर दौडमा रामेछापकी भगवती खड्काले स्वर्ण जितिन् । उनले एक मिनेट नौ सेकेन्डमा दूरी पूरा गरिन् ।   ललितपुरकी रजिना दुलालले रजत र नुवाकोटकी आस्था राईले कास्य पदक जिते ।

यसै विधाको पुरुषमा चितवनका अमृत बोटले ५४-१३ सेकेन्डका साथ स्वर्ण पदक हासिल गरे । काभ्रेपलान्चोकका प्रदीप माझीले रजत र सिन्धुलीका कर्णवीर अधिकारीले कास्य पदक जिते ।

चार गुणा चार सय मिटर रिलेमा महिलातर्फ भक्तपुर, चितवन र दोलखा शीर्ष तीन स्थानम रहे । पुरुषमा सिन्धुलीले स्वर्ण जित्दा चितवन र मकवानपुरले क्रमशः रजत र कास्य हात पारे ।

पुरुष ट्रिपल जम्पमा चितवनका सुजित महतोले स्वर्ण जिते । उनी १३.१९ मिटर उचाइमाथि उफ्रिए । चितवनकै सुदीप महतोले रजत र सिन्धुलीका रोशनकुमार दनुवारले कांस्य पदक हासिल गरे ।

महिलातर्फ चितवनकी आसिका गुरुङले ९.६७ मिटर उचाई उफ्रिदै स्वर्ण प्राप्त गरिन् । काभ्रेकी विजया गुरुङले रजत र प्रनिशा महतोले कास्य पदक जिते ।

ज्याभलिन थ्रोको महिलामा चितवनकी अप्सरा श्रेष्ठले ३०.५० मिटर पर फ्याक्दै स्वर्ण जितिन् । रामेछापकी अनिता आले रजत र चितवनकी दिना सुनार कास्य पदक हात पार्न सफल भए ।

पुरुषमा पनि चितवनकै दीपेश महतोले सफलता पाए । उनले ४९.४० मिटर पर फ्याके । मकवानपुरका सुमन योञ्जनले रजत र नुवाकोटका रूपेश राईले कास्य पदक जिते ।

 चितवनका सुजित महतो  पुरुष तथा मकवानपुरकी डिना गोपाली महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए । सुजितले तीन स्वर्ण र एक रजत पदक तथा डिनाले दुई स्वर्ण र एक रजत जितेका थिए ।

प्रतियोगितामा चितवन १३ स्वर्ण, सात रजत र नौं कास्यसहित टिम च्याम्पियन भयो । त्यस्तै सिन्धुपाल्चोकले दोस्रो हासिल गर्दा  पाँच स्वर्ण, एक रजत र एक कास्य हात पार्यो  । 

रामेछाप र मकवानपुर संयुक्त रूपमा तेस्रो भए । दुवैले समान तीन स्वर्ण, तीन रजक र दुई कास्य पदक जितेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो