माघ १७, २०८२ शनिबार | १७:३९:५३
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

एथलेटिक्समा सुजित र डिना उत्कृष्ट खेलाडी

दोस्रो बागमती प्रदेश खेलकुदः एथलेटिक्समा उत्कृष्ट खेलाडी चुनिएका सुजित र डिना


हेटौंडा ।  मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत बुधबार सम्पन्न एथलेटिक्सको एक सय मिटर दौडमा स्वर्ण जितेका छन् ।

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा  डिनाले महिला तथा सहनचन्द्रले पुरुषतर्फ स्वर्ण जितेका हुन् ।

डिनाले १४.१९ तथा सहनचन्द्रले ११.८६ सेकेन्डको समय निकाले । महिलामा भक्तपुरकी स्वागता खाइजुले रजत र चितवनकी रोजिना गुरुङले कास्य पदक जिते ।

पुरुषमा चितवनका आशिष राउत र मकवानपुरका गौरव मोक्तानले क्रमशः रजत र कास्य पदक हात पारे ।

१० हजार मिटर दौडमा महिला सिन्धुपाल्चोककी निनु तामाङले ४६.१ मिनेटको समय निकाल्दै स्वर्ण जितिन् । दोलाखाकी सोनु घोतानेले रजत र धादिङकी लक्ष्मी थापाले कास्य पदक प्राप्त गरे।

यसै विधाको पुरुषमा सिन्धुपाल्चोककी मिगमार सिङ्गीले ३६ मिनेट दुई सेकेन्डका साथ स्वर्ण जिते । काठमाडौंका धर्म महर्जन र पवनकुमार साह क्रमशः रजत र कास्य पदक हात पारे ।

महिलातर्फ चार सय  मिटर दौडमा रामेछापकी भगवती खड्काले स्वर्ण जितिन् । उनले एक मिनेट नौ सेकेन्डमा दूरी पूरा गरिन् ।   ललितपुरकी रजिना दुलालले रजत र नुवाकोटकी आस्था राईले कास्य पदक जिते ।

यसै विधाको पुरुषमा चितवनका अमृत बोटले ५४-१३ सेकेन्डका साथ स्वर्ण पदक हासिल गरे । काभ्रेपलान्चोकका प्रदीप माझीले रजत र सिन्धुलीका कर्णवीर अधिकारीले कास्य पदक जिते ।

चार गुणा चार सय मिटर रिलेमा महिलातर्फ भक्तपुर, चितवन र दोलखा शीर्ष तीन स्थानम रहे । पुरुषमा सिन्धुलीले स्वर्ण जित्दा चितवन र मकवानपुरले क्रमशः रजत र कास्य हात पारे ।

पुरुष ट्रिपल जम्पमा चितवनका सुजित महतोले स्वर्ण जिते । उनी १३.१९ मिटर उचाइमाथि उफ्रिए । चितवनकै सुदीप महतोले रजत र सिन्धुलीका रोशनकुमार दनुवारले कांस्य पदक हासिल गरे ।

महिलातर्फ चितवनकी आसिका गुरुङले ९.६७ मिटर उचाई उफ्रिदै स्वर्ण प्राप्त गरिन् । काभ्रेकी विजया गुरुङले रजत र प्रनिशा महतोले कास्य पदक जिते ।

ज्याभलिन थ्रोको महिलामा चितवनकी अप्सरा श्रेष्ठले ३०.५० मिटर पर फ्याक्दै स्वर्ण जितिन् । रामेछापकी अनिता आले रजत र चितवनकी दिना सुनार कास्य पदक हात पार्न सफल भए ।

पुरुषमा पनि चितवनकै दीपेश महतोले सफलता पाए । उनले ४९.४० मिटर पर फ्याके । मकवानपुरका सुमन योञ्जनले रजत र नुवाकोटका रूपेश राईले कास्य पदक जिते ।

 चितवनका सुजित महतो  पुरुष तथा मकवानपुरकी डिना गोपाली महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए । सुजितले तीन स्वर्ण र एक रजत पदक तथा डिनाले दुई स्वर्ण र एक रजत जितेका थिए ।

प्रतियोगितामा चितवन १३ स्वर्ण, सात रजत र नौं कास्यसहित टिम च्याम्पियन भयो । त्यस्तै सिन्धुपाल्चोकले दोस्रो हासिल गर्दा  पाँच स्वर्ण, एक रजत र एक कास्य हात पार्यो  । 

रामेछाप र मकवानपुर संयुक्त रूपमा तेस्रो भए । दुवैले समान तीन स्वर्ण, तीन रजक र दुई कास्य पदक जितेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।