माघ १७, २०८२ शनिबार | १८:५६:३८
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

मुकेश र राजपुरा च्याम्पियन

काठमाडौं । नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईं तेश्रो मदन भण्डारी स्मृती ५ किमि रोड रेसमा च्याम्पियन बनेका छन् । शनिबार सम्पन्न दौडकाे खुलातर्फ मुकेश पुरुषमा  र राजपुरा महिलामा च्याम्पियन बनेका हुन् ।

रन क्लब नेपालद्वारा आयोजित दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट २२.९ सेकेन्डमा पूरा गरे । आर्मीकै सञ्जय श्रेष्ठ दोश्रो तथा गजेन्द्र राई तेश्रो भए । निर्धारित दूरी तय गर्न सञ्जयले १५ मिनेट २७.५ सेकेन्ड तथा गजेन्द्रले १५ मिनेट ३१.९ सेकेन्ड समय खर्चिए ।

राजपुराले १८ मिनेट १६.२ सेकेन्ड समय निकाल्दै दौड पूरा गरिन्  । दोश्रो भएकी प्रहरीकै राममाया बुढाले १८ मिनेट १६.५१ सेकेन्ड तथा तेश्रो स्थानकी आर्मीकी पुरनलक्ष्मी न्यौपानेले १८ मिनेट १७.०५ सेकेन्डको समय निकाले ।  

पुरुष तथा महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार रुपैयाँ  पुरस्कार पाए ।

स्कुलतर्फ छात्रमा विकेश घिमिरे पहिलो तथा नवराज गुरुङ दोश्रो भए । सो स्पर्धाको छात्रामा सोनु घतानीले स्वर्ण, पुर्णिमा श्रेष्ठले रजत तथा जेशिका महर्जनले कांस्य जिते । छात्र÷छात्रामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई म्याराथनका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट, नेपाल र्याफटिङ एन्ड क्यानोइङ संघका कार्यवाहक अध्यक्ष राजीव श्रेष्ठ, पूर्व धावक बुद्धवीर लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दौडमा दुई सय प्रतिस्पर्धीले सहभागिता जनाएको आयोजक रन क्लब नेपालका अध्यक्ष सन्तोष श्रेष्ठले बताएका छन् । दौड ठमेलस्थित छाँया सेन्टरको प्राङ्गणबाट सुरु भइ त्यही आएर टुंगिएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।