माघ १७, २०८२ शनिबार | ०४:०२:३६
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

स्क्वास शनिबारदेखि

कास्की । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत स्क्वास प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुने भएको छ ।

पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भोलिदेखि स्क्वास प्रतियोगिता सुरु हुने नेपाल स्क्वास र्याकेट्स एसोसिएसनका सदस्य तथा स्क्वास संयोजक लोकेन्द्रमान सिंह भण्डारीले जानकारी दिए ।

उनका अनुसार बागमतीकी विपना ब्लोन र सोही प्रदेशकै स्वस्तानी श्रेष्ठ विहान ९ बजे उद्घाटन खेल खेल्नेछिन् । उक्त प्रतियोगितामा २ विभागीय र ५ प्रदेशगरि कुल ७ टोलीको सहभागिता रहेको भण्डारीले जानकारी दिए ।

उनका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ ।

उनले महिलातर्फ खुला (ओपन) प्रतियोगिता हुने बताउदै पुरुषतर्फ खुला तथा टिम इभेण्टमा प्रतिस्पर्धा हुने बताए । ‘महिलातर्फ कम सहभागिता भएको कारण ओपन इभेन्टमात्रै हुन्छ, उनले भने, ‘पुरुषतर्फ भने ओपन र टिम दुवै इभेन्टमै प्रतिस्पर्धा हुनेछ ।’

भण्डारीका अनुसार आगामी ३ गतेसम्म सञ्चालन हुने स्क्वास प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

‘स्क्वासको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गर्ने प्रारम्भिक कुरा छ, उनले भने, ‘अहिल्यै चाँही फिक्स भइसकेको छैन । तर प्रतियोगिताको अरु सबै कुराको तयारी भइसकेको छ ।’

स्क्वास प्रतियोगिता संयोजक भण्डारीका अनुसार यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फ गण्डकीका अमृत थापामगर र महिलातर्फ सोही  प्रदशकै कृष्णा थापामगरले स्वर्ण पदक जितेकी थिइन् । स्वर्णपदकधारी द्वय थापामगर दिदी भाई हुन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।