पुस ५, २०८२ आइतबार | ०२:२२:२९
धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर

ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्छुः खेलकुद मन्त्री चौधरी

काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीले जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको नेपाल ओलम्पिक कमिटी विघटन गर्दै तदर्थ समिति गठन गर्ने बताएका छन् ।

शुक्रबार खेलकुद मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले ओलम्पिक कमिटीले गैरकानुनी रुपमा आफ्नो काम गरिरहेको बताउँदै तदर्थ समिति गठन गर्न आफू अन्तिम चरणमा रहेको प्रष्ट पारेका छन् । ‘ यो ओलम्पिक कमिटीलाई राखेपले अवैध मानेको छ । २० राष्ट्रिय खेलसंघहरुले उजुरी गरिसक्नु भयो,’ मन्त्री चौधरीले भने, ‘सम्मानित अदालतको आदेश लागु गराउन राखेप लागि परेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) लाई पत्र फेरी लेख्छौं र तथर्द समिति गठन गर्छौं ।’

ओलम्पिक कमिटीको विधान संसोधित गर्दै जीवनराम श्रेष्ठ तेस्रो पटक अध्यक्ष भएका थिए । जीवनराम निर्विरोध चुनिएपछि  ओलम्पिक कमिटी र सरकारबीच चर्को असन्तुष्टि छ । सरकारले सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा ताला लगाएको छ ।

यस्तै, ओलम्पिक कमिटीका पदाधिकारीलाई विदेश भ्रमण र बैंक खाता नै रोक्का गरेको हो । ‘हामीले विदेश भ्रमणमा रोक लगाएका छौं । भर्खरै बैंक खाता रोक्का पनि भयो । तर, पदाधिकारी आफ्नो घरायसी कारण देखाएर विदेश जान सफल भए ।’

मन्त्री चौधरीले जापानमा हुने २०औं एसियाली खेलकुदको तयारी सुरु भएको बताउँदै तदर्थ समितिले नै सबै प्रक्रिया सुरु गर्ने बताए । ‘अहिले खेलाडी तयारीमा छन् । हामी गठित तदर्थ समितिबाट नै २०औं एसियालीको लागि प्रक्रिया अगाडी बढाउँछौं ।’

गठन हुने तदर्थ समितिमा उजुरी गर्न मन्त्रालय र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पुगेका सदस्यलाई नै स्थान दिने मन्त्री चौधरीले बताएका छन् । उनले अन्तिम पटक पनि यस विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग निवेदन गर्ने जानकारी गराए ।

यता, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भने अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजिव श्रेष्ठसहितको कार्यसमितिलाई नै मान्यता दिएको छ । यही कार्य समितिले २०औं एसियाली खेलकुदको लागि ३० खेलको दर्ता प्रक्रिया पूरा गरिसकेको छ ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I