माघ १४, २०८२ बुधबार | २०:५३:४७
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

पुरुषोत्तमले प्राप्त गरे 'क्यान्डिडेड मास्टर टाइटल'

काठमाडौं ।  पुरुषोत्तम सिलवालले श्रीलंकामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे ‘क्यान्डिडेड मास्टर टाइटल’  प्राप्त गरेका छन् ।

पुरुषोत्तमले प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धामार्फत ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गरे ।

श्रीलंका बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न एसियन जोनल ३.२ चेस प्रतियोगिता नेपाली खेलाडीको प्रदर्शन मध्यम रह्यो । नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले पाँच तथा महिला च्याम्पियन सिन्दिरा जोशीले ३.५ अंक जोडे ।

कोलम्बो स्थित फ्याकल्टि अफ ग्राजुएट स्टडिज युनिभर्सिटीको हलमा ११ मार्च देखि १८ मार्चसम्म भएको प्रतियोगितामा श्रीलंकासहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानकाे सहभागिता थियाे ।

प्रतियोगितामा बंगलादेशका २४३१ रेटेड अन्तर्राष्ट्रिय मास्टर आइएम मनुन रेजा नीरले सात अंकका साथ एकल अग्रतासहित च्याम्पियन बनेका छन् 

यसैगरी  समान ६.५ अंकका साथ बंगलादेशका २३२७ रेटेड फिडे मास्टर जिया तहसिन तज्वार दोस्रो , श्रीलंकन २४०२ रेटेड आइएम लियानागे रानिन्दे दिलसान तृतीय, बंगलादेशका २४३१ रेटेड आइएम मोहमद फहाद रहमान चौथो, २११३ रेटेड एफएम रहमान साहिद महफुजुर पाँचौ तथा ६ अंक जोडेर श्रीलंकाका पेसान्दु रस्मिथा छैटौं स्थानमा  रहे ।

महिलातर्फ बंगलादेशकी २०९७ रेटेड अहमेद वादिफाले ७ अंक प्रोग्रेसिभ ४६ प्वाइन्ट बनाउदै  च्याम्पियन बनेकी छन्। उनले उपाधिसँगै अन्तर्राष्ट्रिय मास्टर (आइएम) टाइटल पनि पाउन सफल भइन्।

समान ७ अंक जोडे पनि प्रोग्रेसिभ ४२.५ प्वाइन्टका साथ श्रीलंकाकी २१२१ रेटेड डेभिण्ड्या गुरुवर्धने दोश्रो स्थानमा रहिन् । श्रीलंकाकी  १७८१ रेटेड एएफएम दुलिन्मा हेमाल्नी र २०५३ रेटेड डब्लूसिएम दाहाम्दि समान ६.५ अंक सहित तेस्रो र चौथो भए। यस्तै ६ अंकमा १८०१ रेटेट एम इशान्दी र १७७६ रेटेड सेथुम्ली डेभहारा पाँचौ र छैटौं स्थानमा रहे ।

पुरुषतर्फका शीर्ष ६ ले क्रमशः १ हजार ५००, १ हजार, ५००, ३००, २०० र १५० अमेरिकी डलर पाएका छन् ।  यस्तै महिलातर्फका शीर्ष ६लाई  क्रमशः १ हजार, ६००,  ४००, २५० र १०० अमेरिकी डल प्रदान गरिएको छ ।  

यसैगरी अर्को विधा ब्लिट्ज चेस प्रतियोगितामा खरुपेश जैसवालले ५.५ अंक जोडेर तथा पुरुषोत्तम सिलवालले पाँच अंक जोडेर छैटौं स्थान हासिल गरेका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।