चैत्र ६, २०८२ शुक्रबार | ०३:४७:२१
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

पुरुषोत्तमले प्राप्त गरे 'क्यान्डिडेड मास्टर टाइटल'

काठमाडौं ।  पुरुषोत्तम सिलवालले श्रीलंकामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे ‘क्यान्डिडेड मास्टर टाइटल’  प्राप्त गरेका छन् ।

पुरुषोत्तमले प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धामार्फत ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गरे ।

श्रीलंका बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न एसियन जोनल ३.२ चेस प्रतियोगिता नेपाली खेलाडीको प्रदर्शन मध्यम रह्यो । नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले पाँच तथा महिला च्याम्पियन सिन्दिरा जोशीले ३.५ अंक जोडे ।

कोलम्बो स्थित फ्याकल्टि अफ ग्राजुएट स्टडिज युनिभर्सिटीको हलमा ११ मार्च देखि १८ मार्चसम्म भएको प्रतियोगितामा श्रीलंकासहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानकाे सहभागिता थियाे ।

प्रतियोगितामा बंगलादेशका २४३१ रेटेड अन्तर्राष्ट्रिय मास्टर आइएम मनुन रेजा नीरले सात अंकका साथ एकल अग्रतासहित च्याम्पियन बनेका छन् 

यसैगरी  समान ६.५ अंकका साथ बंगलादेशका २३२७ रेटेड फिडे मास्टर जिया तहसिन तज्वार दोस्रो , श्रीलंकन २४०२ रेटेड आइएम लियानागे रानिन्दे दिलसान तृतीय, बंगलादेशका २४३१ रेटेड आइएम मोहमद फहाद रहमान चौथो, २११३ रेटेड एफएम रहमान साहिद महफुजुर पाँचौ तथा ६ अंक जोडेर श्रीलंकाका पेसान्दु रस्मिथा छैटौं स्थानमा  रहे ।

महिलातर्फ बंगलादेशकी २०९७ रेटेड अहमेद वादिफाले ७ अंक प्रोग्रेसिभ ४६ प्वाइन्ट बनाउदै  च्याम्पियन बनेकी छन्। उनले उपाधिसँगै अन्तर्राष्ट्रिय मास्टर (आइएम) टाइटल पनि पाउन सफल भइन्।

समान ७ अंक जोडे पनि प्रोग्रेसिभ ४२.५ प्वाइन्टका साथ श्रीलंकाकी २१२१ रेटेड डेभिण्ड्या गुरुवर्धने दोश्रो स्थानमा रहिन् । श्रीलंकाकी  १७८१ रेटेड एएफएम दुलिन्मा हेमाल्नी र २०५३ रेटेड डब्लूसिएम दाहाम्दि समान ६.५ अंक सहित तेस्रो र चौथो भए। यस्तै ६ अंकमा १८०१ रेटेट एम इशान्दी र १७७६ रेटेड सेथुम्ली डेभहारा पाँचौ र छैटौं स्थानमा रहे ।

पुरुषतर्फका शीर्ष ६ ले क्रमशः १ हजार ५००, १ हजार, ५००, ३००, २०० र १५० अमेरिकी डलर पाएका छन् ।  यस्तै महिलातर्फका शीर्ष ६लाई  क्रमशः १ हजार, ६००,  ४००, २५० र १०० अमेरिकी डल प्रदान गरिएको छ ।  

यसैगरी अर्को विधा ब्लिट्ज चेस प्रतियोगितामा खरुपेश जैसवालले ५.५ अंक जोडेर तथा पुरुषोत्तम सिलवालले पाँच अंक जोडेर छैटौं स्थान हासिल गरेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो