काठमाडौं । नेपाली धाविक सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक अन्तर्गत महिला म्याराथनमा आइतबार प्रतिस्पर्धा गर्दैछिन् । म्याराथन नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुनेछ ।
सन्तोषी नेपालबाट खेल्न बाँकी एक्लो खेलाडी हुन् । यसअघि नै टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह तथा जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकबाट बाहिरिसकेका छन् ।
वाइल्ड कार्डमार्फत पेरिस यात्रा तय गरेकी सन्तोषी पहिलो पटक ओलम्पिकको अनुभव लिँदैछिन् ।
सन्तोषी म्याराथनको कोर्स कठिन भए पनि आफूले उत्कृष्ट प्रदर्शन गर्ने बताउँछिन् । ‘तयारी राम्रो भइरहेको छ । यो कठिन कोर्स हो । तर जस्तो सुकै गाह्रो भए पनि उत्कृष्ट गर्न सक्छु भन्ने आत्मविश्वास छ,’ सन्तोषीले भनिन् ।
यो पनि:
https://youtu.be/BROFLCBLSAo?si=0-7ZhVBJcF5Vhj-R
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
