काठमाडौं । नेपाल प्रहरी स्कुलको आयोजनामा सम्पन्न विद्यालयस्तरी बुद्धिचाल प्रतियोगितामा सिनियर खुलातर्फ अरुणीमा सेकेण्डरी स्कुलका शीर्ष वरियता १७४४ रेटेड सजल न्यौपाने च्याम्पियन भएका छन् ।
सजलले ६ जित एक बराबरीको नतिजासहित ६.५ अंक जोडे । उनले ७ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
यसैगरी निटेन मेमोरियल स्कूलका अनरेटेड खेलाडी दीपक गोले ६ अंक जोडेर दोश्रो स्थान हासिल गरेका छन् । उनले ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। समान अंक जोडे पनि मनकामना सेकेण्डरी स्कुलका अनरेटेड प्रतीक सुवेदीले तेश्रो हुँदै ३ हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाए ।
जेम्स स्कुलका एन्सिल शाक्यले सान्त्वना पुरस्कार स्वरुप २ हजार रुपैयाँ प्रमाणपत्र प्राप्त गरेका छन्।
यसैगरी नेपाल प्रहरी इसिए संयोजक कर्णसिं साउदको संयोजकत्वमा सम्पन्न छात्र जुनियरतर्फ समान ६ अंक प्राप्त गर्दै प्रज्ञाकुञ्ज स्कुलका कशिभ कार्की, सूर्योदय सेकेण्डरी बोर्डिङ स्कुलका अग्रिम शैंजु सेकेण्डरी स्कूलका सिद्धार्थ लामा त वृहस्पति विद्या सदनका अर्हान्त महर्जन शीर्ष चारमा रहे ।
यता छात्रा विधा तर्फ ग्रीनहिल स्कुलकी १४३२ रेटड शीर्ष वरियता प्राप्त एञ्जल महर्जले सात अंक अंक जोडेर उपाधि जितिन् ।
रिलायन्स पब्लिक स्कुलकी राधिका पौडेले ६ अंक जोडेर दोस्रो र त्रियोग हाइ स्कुलकी परिधि खत्री ५.५ अंका साथ तेस्रो स्थानमा रहे । सान्त्वना पुरस्कार जेम्स स्कुलकी ताचिता अग्रवाल प्राप्त गरिन् ।
शुक्रबार र शनिबार भएको प्रतियोगितामा प्रतियोगितामा १८९ विद्यार्थीले सहभागी जनाएका थिए। खुला सिनियरतर्फ ६१, जुनियरतर्फ ७३ खेलाडी र छात्रातर्फ ४५ खेलाडीले सात चरणमा प्रतिस्पर्धा गरेका थिए ।
डेपुटी इन्स्पेक्टर जनरल अफ पोलिस (डिआइजी) ले विजेता खेलाडीलाई पुरस्कार वितरण गरे । समापन समारोहमा नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामा , कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रमुख निर्णायक गोपाल महर्जन, डेपुटी आर्विटर सोराज ताम्राकारलगायतको उपस्थिति थियो।