काठमाडौं । क्युबाका मिजान लोपेजले लगातार पाँच ओलम्पिकमा स्वर्ण पदक पहिलो खेलाडी बनेका छन् ।
लोपेजले पेरिस ओलपम्पिकअन्तर्गत ग्रीको रोमन कुस्तीको १३० केजी तौल समूहमा चिलीकी रेस्लर यास्मिन अकोस्टालाई हराएर यो कीर्तिमान कायम गरे ।
मिजान लोपेजले आफ्नो पाँचौं स्वर्ण पदक जितेपछि आफ्नो जुत्ता म्याटमा छोड्दै संन्यास लिएको बताएका छन् । तर, उनले औपचारिक रुपमा घोषणा भने गरेका छैनन् ।
यसअघि एथलेटिक्सका कार्ल लुइस पौडीका माइकल फेल्प्स र केटी लेडेकी, डिस्कस थ्रोका अल ओर्टर, क्यानोइङका पल एल्भस्ट्रोम कुस्तीका काओरी इकोले लगातार चार ओलम्पिकमा स्वर्ण जितेका थिए ।
लोपेज संन्यास लिएको तीन वर्षपछि म्याटमा फर्किएका हुन् । मिजान लोपेजले आफ्नो २३ ओलम्पिक खेलमध्ये एक खेलमा मात्र हार बेहोरेका छन् । लोपेजले सन् २००४ एथेन्स ओलम्पिकमा क्वार्टरफाइनलमा हार ब्यहोरेका थिए । उनले सन् २००८, २०१२, २०१६ र २०२० मा स्वर्ण जितेका थिए ।