काठमाडौं । अमेरिकाले पेरिस ओलम्पिकमा आफ्नो अग्रतालाई १२औं दिनसम्म पनि कायम राखेको छ ।
प्रतियोगितामा बुधबार बिहानसम्म अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कांस्य पदक जितेको छ । अमेरिकालाई चीनले २२ स्वर्ण, २१ रजत र १६ कांस्य पदकका साथ पछ्याइरहेको छ ।
मंगलबार अमेरिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्य पदक थपेको थियो । यता चीनले भने एक स्वर्ण, तीन रजत र दुई कंस्य पदक थप्यो ।
यसैगरी अस्ट्रेलिया १४ स्वर्ण १२ रजत र नौ कांस्य पदकका साथ तेस्रो र आयोजक फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ कांस्य पदक जितेर चौथो स्थानमा छन् ।
ग्रेट ब्रिटेन १२ स्वर्ण, १५ रजत र १९ कांस्य पदकका साथ पाँचौं स्थानमा छ । यस्तै दक्षिण कोरिया, जापान, इटाली, नेदरल्यान्ड्स र जर्मनी छैटौं देखि १०औं स्थानमा छन् ।
हालसम्म ७६ देशले पदक तालिकामा उपस्थिती जनाएका छन् ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO