काठमाडौं । नेपाली खेलाडी मनिता श्रेष्ठ प्रधान र प्रिन्स दाहालले पेरिस ओलम्पिकमा सोमबार प्रतिस्पर्धा गर्दैछन् ।
जुडोकी मनिताले पहिलो चरणमा सर्वियन खेलाडी मारिका पेरिसिकको सामना गर्दैछिन् । महिला ५७ केजीमुनिको यो प्रतिस्पर्धा सोमबार क्याम्प डी मार्स एरिनामा नेपाली समयअनुसार दिउँसो १ः४५मा सुरु हुनेछ ।
यो खेलको विजेताले अन्तिम १६ मा स्थान पक्का गर्नेछ। मनिताले कन्टिनेन्टल कोटामार्फत ओलम्पिक खेल्ने अवसर प्राप्त गरेकी हुन् ।
यसैगरी ब्याडमिन्टनका प्रिन्स दाहालले आफ्नो दोस्रो खेलमा आयरल्यान्डका नाट गुयेनको सामना गर्नेछन् । यो खेल राति १२ः५५ पछि सुरु हुनेछ ।
समूह ‘पी’ को पहिलो खेलमा प्रिन्सले विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टर एक्सेल्सनसँग २-० सेटको हार ब्यहोरेका थिए ।
प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने अवसर पाएका हुन् ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO