काठमाडौं । एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफीका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ ।
एसिया रग्बीको आयोजना र नेपाल रग्बीको व्यवस्थापनमा आगामी असोज १७ देखि १९ गतेसम्म एसिया रग्बी सेभेन्स ट्रफी २०२४ दशरथ रंगशालामा हुँदै छ ।
नेपालका मुख्य प्रशिक्षक मुर्रे पल स्टर्टले दुवैतर्फ १६ सदस्यीय टोली घोषणा गरे । राष्ट्रिय टिम निर्माणका लागि पहिलो चरणमा सात वटै प्रदेश र तीन विभागीय टोलीबाट प्रारम्भिक खेलाडी छनोट गरिएको थियो ।
पहिलो चरणमा ३८ पुरुष र २८ महिला छानिएका थिए । त्यसपछि दोस्रो चरणमा दुवैतर्फ २० खेलाडी थिए ।
पुरुष टोलीः
विवेश बासु, प्रमेश चौधरी, यदु अधिकारी, बिराट श्रेष्ठ, निरोज अधिकारी, विक्रम पुरी, गणेश बानिया, सबिन महत, नवीनबहादुर मगर, मशेष सुनार, विजय खड्का, रोहन डंगोल, विनोदबहादुर शाही, क्याल्भिन जोशी, सञ्जय अधिकार, कपिल ठकुरी ।
महिला टोली:
मनीषा थापामगर, आशा कुँसार, सावित्री पुर्जा, सिर्जना राई, संगीता घिसिङ, अप्सरा कार्की, विशाका मार्किनराइ, सिर्जना छन्त्याल, मनीषा घिसिङ, सुस्मिता क्षेत्री, पुनम श्रेष्ठ, रोजिना पोखरेल, विनिता शाही ठकुरी, सुजा राई, अनु शेर्पा, कमला राई