काठमाडौं । नेपाल ओलम्पिक कमिटीअन्तर्गतको ‘पिस थ्रु स्पोर्टस कमिसन’को आयोजनामा आइतबार सम्पन्न वक्तृत्व कला प्रतियोगितामा केशव काफ्ले पहिलो भएका छन् ।
यसैगरि ‘शान्ति र समृद्धिमा खेलकुदको भुमिका’ शीर्षक दिइएको प्रतियोगितामा आयुष्मा गौत्तम दोस्रो र प्रेरणा बटाला तेस्रो भए ।
सुनिता तामाङ र स्वस्तिका दुलालले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतियोगितामा १५ स्कुलका २१ विद्यार्थीको सहभागिता थियो । पेरिस ओलम्पिकको अवसरमा यो वक्तृत्व कला आयोजना भएको थियो।
पहिलो हुनले १२, दोस्रो हुनेले ८, तेस्रो हुनेले ५ तथा सात्त्वना स्थान हासिल गर्नेले जनही २ हजार रुपैयाँ प्राप्त गरे ।
‘पिस थ्रु स्पोर्टस कमिसन’को आयोजनामा यस्तो प्रतिस्पर्धा भएको यो पहिलो पटक हो । कमिटीको मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रमको समापन समारोहमा कमिसनका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानले पुस्तकार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।