माघ १६, २०८२ शुक्रबार | १६:४३:२८
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

पेरिस ओलम्पिकमा नेपालको झण्डा स्यान्टु र मनिताले बोक्ने

काठमाडौं । फ्रान्सको पेरिसमा जुलाई २६ देखि अगस्ट ११ सम्म ३३ औं गृष्मकालीन ओलम्पिकको मार्चपासमा नेपालको झण्डा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्तरुपमा बोक्ने भएका छन् ।

स्यान्टुले छनोट चरण पार गर्दा तथा मनिताले इन्टरकन्टिनेन्टल कोटामार्फत ओलम्पक खेल्ने अवसर प्राप्त गरेकी हुन् ।

यस पटकको ओलम्पिकमा नेपलाबाट सात खेलाडीसहित २७ सदस्यीय टोलीले सहभागिता जनाउने छ । स्यान्टु र मनितासहित ब्याडमिन्टका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । 

त्यसमध्ये प्रिन्स, सुस्मिता र मनिता पछिल्लो दुई वर्षदेखि नेपाल ओलम्पिक कमिटीबाट ओलम्पिक सोलिडारिटी अन्तर्गत छात्रवृत्ति प्राप्त खेलाडी हुन् ।

नेपाल ओलम्पिक कमिटीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङलाई ‘सेफ द मिसन’ नियुक्त गरेको छ । यसैगरी नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य ओलम्पिक अटाची र कार्यकारी सचिव सुजनलाल श्रेष्ठ वेलफेयर अफिसरका रूपमा छन् ।

सुटिङमा प्रदिप खाती, टेबल टेनिसमा टेनिसका राजेन्द्र कपाली, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षकाको भुमिका निर्वाह गर्नेछन्। ब्याडमिन्टनका प्रिन्सले भने प्रशिक्षक विना खेल्नु पर्ने भएको छ ।

टिम डाक्टरमा नबिसमानसिंह प्रधान छन् । सहभागी हुने नेपाली टिमको पोसाक प्रायोजकमा फ्रान्सको कोमोरेबी  छ ।

सहभागी नेपाली टोली अधिकांश समस्य पेरिसपुगिसकेका छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ ओलम्पिक उद्घाटन अवसरमा उपस्थित हुने छन् ।

एथलेटिक्सतर्फ म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन हुने हुनाले त्यसमा सहभागी हुने खेलाडी सन्तोषी र अफिसियल जुलाई ३० तारिखमा पेरिस प्रस्थान गर्नेछन् ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।