चैत्र ११, २०८२ बुधबार | २०:०१:३९
लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

पेरिस ओलम्पिकमा नेपालको झण्डा स्यान्टु र मनिताले बोक्ने

काठमाडौं । फ्रान्सको पेरिसमा जुलाई २६ देखि अगस्ट ११ सम्म ३३ औं गृष्मकालीन ओलम्पिकको मार्चपासमा नेपालको झण्डा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्तरुपमा बोक्ने भएका छन् ।

स्यान्टुले छनोट चरण पार गर्दा तथा मनिताले इन्टरकन्टिनेन्टल कोटामार्फत ओलम्पक खेल्ने अवसर प्राप्त गरेकी हुन् ।

यस पटकको ओलम्पिकमा नेपलाबाट सात खेलाडीसहित २७ सदस्यीय टोलीले सहभागिता जनाउने छ । स्यान्टु र मनितासहित ब्याडमिन्टका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । 

त्यसमध्ये प्रिन्स, सुस्मिता र मनिता पछिल्लो दुई वर्षदेखि नेपाल ओलम्पिक कमिटीबाट ओलम्पिक सोलिडारिटी अन्तर्गत छात्रवृत्ति प्राप्त खेलाडी हुन् ।

नेपाल ओलम्पिक कमिटीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङलाई ‘सेफ द मिसन’ नियुक्त गरेको छ । यसैगरी नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य ओलम्पिक अटाची र कार्यकारी सचिव सुजनलाल श्रेष्ठ वेलफेयर अफिसरका रूपमा छन् ।

सुटिङमा प्रदिप खाती, टेबल टेनिसमा टेनिसका राजेन्द्र कपाली, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षकाको भुमिका निर्वाह गर्नेछन्। ब्याडमिन्टनका प्रिन्सले भने प्रशिक्षक विना खेल्नु पर्ने भएको छ ।

टिम डाक्टरमा नबिसमानसिंह प्रधान छन् । सहभागी हुने नेपाली टिमको पोसाक प्रायोजकमा फ्रान्सको कोमोरेबी  छ ।

सहभागी नेपाली टोली अधिकांश समस्य पेरिसपुगिसकेका छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ ओलम्पिक उद्घाटन अवसरमा उपस्थित हुने छन् ।

एथलेटिक्सतर्फ म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन हुने हुनाले त्यसमा सहभागी हुने खेलाडी सन्तोषी र अफिसियल जुलाई ३० तारिखमा पेरिस प्रस्थान गर्नेछन् ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो