असार २६, २०८२ बिहीबार | २२:०९:४३
आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा

ओलम्पिकमा नेपालको सहभागिता विषयमा अन्तरक्रिया

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

हरेक वर्ष जुलाई २ मा यो दिवस मनाउने गरिन्छ । मंगलबार मञ्चले ओलम्पिकमा नेपालको सहभागिता विषयमा अन्तरक्रिया कार्यक्रम गर्यो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, ओलम्पियन तथा राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्ट, मञ्चका पूर्व अध्यक्षद्वय अजय फुयाल र महेश आचार्यले नेपाली खेलकुद ओलम्पिकमा नेपालको सहभागिताबारे आफ्नो धारणा राखेका थिए ।

राखेप सदस्य सचिव घिसिङले यस्ता अन्तरक्रिया कार्यक्रम नेपाली खेलकुदमा हुनुपर्ने धारणा राख्दै मञ्चसँगको सहकार्यका लागि तयार रहेको बताए ।

‘ नेपाली खेलकुदको विकाशका लागि यस्ता खेलका अन्तरक्रिया कार्यक्रमहरु भइरहनु पर्छ । नेपाली खेल क्षेत्रका प्रतिभाहरूलाई खेल पत्रकारले मात्र उजागर गर्न सक्छन्,’ सदस्यसचिव घिसिङले भने,‘नेपाल खेलकुद पत्रकार मञ्चले खेल पत्रकारको क्षमता बृद्धि तथा नेपाली खेलकुदको विकाशका लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ त्यसको योजना बनाएर पेश गरेमा राखेप सहकार्य गर्न तयार छ ।’

यसैगरी ओलम्पिक कमिटीका महासचिव श्रेष्ठले ओलम्पिकमा सहभागी खेलाडीको तयारीका लागि कमिटिले आफ्नोतर्फबाट गर्न सक्ने जती गरिरहेको तर यसले पदकको आस गर्न नसकिने घारणा राखे ।

‘नेपाल ओलम्पिक कमिटिले खेलाडीको तयारीका लागि आफ्नो तर्फबाट सक्ने जती गरिरहेको छ । तर यसबाट पदकको आस गर्न सकिने अवस्था छैन,’ श्रेष्ठले भने,‘ हामीले ओलम्पिकमा पदक भन्दा पनि ब्यक्तिगत प्रदर्शन सुधारको अपेक्षा राख्नु पर्ने अवस्था छ । नेपाली खेलकुदको भएको लगानी अनुसार गर्न सकिने यती नै हो । यदी ओलम्पिकमा पदक जित्ने हो भने युवा तथा खेलकुद मन्त्रालयले पर्याप्त बजेट विनियोजन गर्नैपर्छ । खेलाडीलाई राम्रो वैदेशीक प्रशिक्षणको ब्यवस्था हुनुपर्छ ।’

ओलम्पियन दीपक विष्टले ओलम्पिक कुनै पनि खेलाडीको लागि सबैभन्दा ठूलो प्रतियोगिता भएको र त्यहाँ पुग्ने सबैको सपना हुने बताए ।

मञ्चका पूर्व अध्यक्षद्वय फुयाल र आचार्यले ओलम्पिकमा सहभागि भएर रिपोर्टिङ गर्दाको अनुभव सुनाए ।

यसैगरी मञ्चका कार्यबाहक अध्यक्ष निरन्जन अधिकारीले नेपाली खेलकुदको रिपोर्टिङमा चुनौती बढ्दै गएको भन्दै त्यही अनुसार साधन स्रोत प्रविधि भएमा राम्रो समाचार तयार पार्न सकिने बताए । 
 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM