राष्ट्रिय जुडो प्रतियोगिता

राष्ट्रिय जुडोः एकै परिवारका तीन खेलाडीलाई स्वर्ण

काठमाडौं । राष्ट्रिय जुडो प्रतियोगिताको १९औं संस्करणमा एकै परिवारका तीन खेलाडी स्वर्ण जित्न सफल भएका छन् । दाजु इन्द्रबहादुर श्रेष्ठ तथा बहिनी देवकीमाया र निशाले आ-आफ्नो तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगिताको ६६ केजीमुनिमा इन्द्र, ५२ केजीमुनिमा देवकी र ४८ केजीमुनिमा निशाले स्वर्ण पदकजिते । इन्द्र नेपाल प्रहरी तथा देवकी र निशाले बागमती प्रदेशबाट खेलेको थिए ।

तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् । तीनै खेलाडीका प्रशिक्षक सूर्यनारायण श्रेष्ठ हुन् । इन्द्र र देवकीले १९औं एसियाली खेलकुदमा समेत नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगितामा प्रहरी आठ स्वर्ण, दुई रजत र दुई कांस्य पदक जित्दै टिम च्याम्पियन  बन्यो । बागमती तीन स्वर्ण, दुई रजत र तीन  कांस्य पदकासाथ दोश्रो भयो ।

तेश्रो स्थानको नेपाल आर्मीले दुई स्वर्ण, चार रजत र पाँच कांस्य हात पार्यो । एपिएफ क्लब एक स्वर्ण एक रजत र चार कांस्य पदकाका साथ चौथो स्थानमा रह्यो ।

१४ स्वर्णका प्रतिस्पर्धा भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी थिए ।