असार १, २०८२ आइतबार | १३:४५:४८
यु-२० टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण राउल एसेन्सियो सन् २०३१ सम्म रियाल मड्रिडमै रहने बराबरीमा रोकिए इन्टर मियामी र अल अहली एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनसिपको उपाधि यु-२० टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण राउल एसेन्सियो सन् २०३१ सम्म रियाल मड्रिडमै रहने बराबरीमा रोकिए इन्टर मियामी र अल अहली एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

एनओसी अवार्ड: एरिका र स्यान्टु उत्कृष्ट

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको एनओसी अवार्ड २०२४ मा करातेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ उत्कृष्ट  चुनिएका छन् ।

आइतबार आयोजित कार्यक्रममा एरिकालाई उत्कृष्ट महिला र स्यान्टुलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तै स्यान्टु यसै वर्ष पेरिसमा हुने ओलम्पिकमा छनोट भएका थिए ।

 पुरुषमा कराँतेका कुशल श्रेष्ठ र महिलामा कबड्डीकी पार्वती राई उत्कृष्ट प्रशिक्षक घोषित भए । कुशल हाङचाउ एसियाली खेलकुदमा एरिकाका प्रशिक्षक थिए । यस्तै पार्वती त्यही हाङचाउ एसियाली खेलकुदमा महिला कबड्डी कांस्य पदक विजेता टिमका प्रशिक्षक थिइन् ।

यस्तै पारा एथलेटिको अवार्ड भने तेक्वान्दोकी पलेशा गोवर्थधने पाइन् । उनले हाङचाउ पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन् भने पेरिसमा हुने पारा ओलम्पिकमा पनि छनोट भएकी थिइन् ।

पत्रकारिता अवार्डतर्फ प्रिन्टमा ध्रुवकुमार तुलाधर, अनलाइन मिडियामा नवीन लुइटेल, खेल फोटो पत्रकारमा उज्वल डंगोल र खेल फोटो  भिडियो पत्रकारमा  प्रदीप लेखी उत्कृष्ट घोषित भए ।

अवार्ड विजेता सबैलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

नेपाल भलिबल संघ भने वर्ष २०२४ को उत्कृष्ट संघ घोषित भयो ।  यस्तै ‘प्रेसिडेन्टल रिकगनेसन’ भने अखिल नेपाल कबड्डी संघ, नेपाल कराते महासंघ, नेपाल तेक्वान्दो संघ र पर्वतारोही तथा आर्चरी खेलाडी पासाङ भोटेलाई प्रदान गरियो । कार्यक्रम ओलम्पिक डेका अवसरमा आयोजना भएको हो ।


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?