एसइइ कप बुद्धिचाल

एसइइ कप बुद्धिचाल शनिबारदेखि हुने

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा गोल्डेनगेट एसइइ कप बुद्धिचाल प्रतियोगिता शनिबारदेखि हुने शनिबारदेखि हुने भएको छ । 

प्रतियोगितमा यसैपालि एसइइका दिएका करिब १०० खेलाडीले सहभागिता जनाउने बताइएको छ । तीन दिने प्रतियोगिता बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेसनल कलेजको हलमा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेकी अध्यक्ष मोनालिशा खम्बुले बताइन् ।

एकेडेकी अध्यक्ष खुम्बुका अनुसार प्रतियोगितामा ओपन र गर्ल्स गरी दुई विधा समावेश गरिएको छ । दुवैतर्फका विविजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार रुपैयाँका साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ।

गोल्डेनगेट कलेजकी निर्देशक सैल सुमन सिलवालका अनुसार जुनसुकै विषयमा पनि विजेतालाई पूर्ण छात्रवृत्ति दिइनेछ भने उपविजेताले ७५ प्रतिशत र तेस्रो हुने खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् ।

गता फागुनदेखि सञ्चालनमा आएको हिमालयन चेस एकेडेमीले अहिले ५ वर्षदेखि १३ वर्षसम्मका ५० जनाभन्दा बढी बालबालिकालाई  प्रशिक्षण दिइरहेको उल्लेख गर्दै एकेडेमीकी अध्यक्ष खम्बूले भनिन्, ‘एसइइ कप एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता हो । गोल्डेनगेटले पहिला पनि यस्ता प्रतियोगिता गर्दै आएको थिया । आगामी दिनमा यसलाई अझै बृहत् बनाउनेछौं प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन हुने विश्वास लिएकी छु ।’

‘हामीले चेससहित धेरै खेलमा विद्यार्थीलाई छात्रवृत्ति दिइरहेका छौं । यसैलाई एसइइ कपमा निरन्तरता दिदैछौं,’ गोल्डेनगेटकी निर्देशक सिलवालले भनिन् ।

चेसका राष्ट्रिय च्याम्पियनहरू मोनालिशा खम्बु, तारा घले, विना जैयसवाल, मदनकृष्ण कायस्थ, रुपेश जैयसवाललगायतले छात्रवृत्तिमै गोल्डेनगेटमा अध्ययन गरेका थिए ।