चैत्र १४, २०८२ शनिबार | ०६:०९:१८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

प्रेसिडेन्ट कप स्क्वासः पासाङ, ऋद्धि, राज र विकासको विजयी सुरुआत

काठमाडौं । नेपाल स्क्वास एन्ड राकेट्स संघको आयोजनामा बुधबारबाट प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियनसिप सुरु भएको छ ।

सातदोबाटोस्थित संघको भवनमा रहेको स्क्वास कोर्टमा भएको प्रतियोगिताको पहिलो दिन खुला पुरुषमा पासाङ भ्लाेन लामा, ऋद्धि शाक्य, राज महर्जन र विकास तुम्सिङ मगरले विजयी सुरुआत गरेका छन् ।

चौथो वरीयता प्राप्त पासाङले आभान श्रेष्ठलाई ११-६, ११-०, ११-५ को सोझो सेटमा पराजित गरे । यसैगरी पाँचौ वरीयताका विकासले आरभ श्रेष्ठलाई ११-३, ११-६, ११-२ ले हराए ।

छैटौं वरीयता प्राप्त धिर पुन राज महर्जनसँग ३ २ को सेटमा पराजित भएर पहिलो चरणबाटै बाहिरिए । उनी ११-६,११-७, १०-१२,१०-१२ ले स्तब्ध भए ।

ऋदिले यान राईलाई सोझो सेटमा ३-० ले हराए । विजेता सबैले दोस्रो चरणको यात्रा तय गरेका छन् ।

मास्टर्स ४५ प्लसमा राजेन्द्र शाक्यले इन्द्रबहादुर कार्कीलाई ११-३, ११-५, ११-७, प्रज्वल प्रधानले गुलाम अलीलाई ११-७, ११-५, ७-११, ११-५, दिलिप अधिकारीले एस. चड्डालाई ११-५, ११-७, ११-७ तथा शैलेस अमात्यले अनिल वज्राचार्यलाई ११-८, ६-११, ११-६, ६-११, १२-१० ले पराजित गरे ।

यसैगरी जितेन्द्र जोशीले रत्न महर्जन तथा जिएम शाहले धिर पुनलाई सोझो सेटमा हराएर अर्को चरणमा स्थान सुरक्षित गरे।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो