राष्ट्रिय सुटिङ प्रतियोगिता

राष्ट्रिय सुटिङ आजबाट सुरु

राष्ट्रिय सुटिङ प्रतियोगितको उद्घाटन गर्दै राखेप सदस्यसचिव टंकलाल घिसिङ

सातदोबाटो । नेपाल सुटिङ संघको आयोजनामा २६औं पुरुष तथा २५औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।

प्रतियोगिताको  उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले  गरे ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको सुटिङ रेन्जमा सुरु भएको तीन दिने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ४७ खेलाडीको सहभागिता छ ।

प्रतियोगितामा एयर राइफल र एयर पेस्तोलको व्यक्तिगत र मिक्स टिम गरी ६ स्पर्धामा खेल भइरहेको छ ।