माघ १६, २०८२ शुक्रबार | ०७:०७:४६
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

महालेखा परीक्षण भन्छः राखेपमा पेस्की प्रत्येक वर्ष बढ्यो, एकै ब्यक्तिकाे नाममा ३ करोड

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा वर्षेनी पेस्की पस्र्याैट बढ्दै गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आइतबार महालेखा परीक्षकले ६१औं वार्षिक अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको प्रतिवेदनमा पछिल्लो वर्षमात्रै ७ करोड ७१ लाख ४३ हजार पेस्की पस्र्याैट बाँकी रहेको बताएको छ ।

राखेपमा २०४३ सालबाट १ अर्ब २६ करोड ७० लाख ९६ हजार पेस्की रहेको थियो । यसवर्ष ७ करोडमाथि भएको बताइएको छ । ‘राखेपका वित्तीय विवरणअनुसार २०४३ देखि गत आर्थिक वर्षसम्मको १ अर्ब २६ करोड ७० लाख ९६ हजार रुपैयाँ पेस्की बाँकी रहेकोमध्ये यो वर्ष ७ करोड ७१ लाख ४३ हजार पस्र्यौट भएको छ,’ विवरणमा भनिएको छ, ‘बाँकी १ अर्ब १८ करोड ९९ लाख ५३ हजार र यस वर्ष थप भएको १९ करोड ९१ लाख ४५ हजार गरी १ अर्ब ३८ करोड ९० लाख ९८ हजार पेस्की बाँकी छ ।’

महालेखाको प्रतिवेदनअुनसार वर्षान्तमा २ हजार २८ पदाधिकारी, कर्मचारी, समिति र संघ संस्थाको नाममा १ करोड ९० लाख ९८ हजार पेस्की बाँकी छ ।

गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदको लागि १९ करोड ६९ रुपैयाँ पेस्की मध्ये एकै ब्यक्तिले ३ करोड ११ लाख रुपैयाँ सम्मको पेस्की बाँकी दिएको खुलेको छ ।

राखेपले पहिलाको पेस्की बाँकी रहे पनि पेस्की दिने गरेको, सामान खरिदको लागि समेत कर्मचारीलाई पेस्की दिने, समयमा फस्र्यौटको लागि कारबाही नगर्ने, प्रयोजन समाप्त भएको पेस्कीको अनुगमन नगरेको, फस्यौटका लागि कानुनी कारबाही नगरेको कारण प्रतिवर्ष पेस्की बाँकी रकम वृद्धि हुँदै महालेखाले ठहर गरेको छ ।

महालेखाको प्रतिवेदनले फस्र्यौट गर्न बाँकी पेस्की रकम नियमानुसार कारबाही गरी असुल तथा फस्र्याैट गर्नुपर्ने सुझाब पनि दिएको छ ।

महालेखाको विवरणअनुसार राखेपले पछिल्लो वर्ष २ अर्ब ६८ करोड ९६ लाख बजेटबाट मात्र १ अर्ब ६४ करोड ७६ लाख खर्च गरेको छ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।