चैत्र ६, २०८२ शुक्रबार | १७:५६:३२
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

महालेखा परीक्षण भन्छः राखेपमा पेस्की प्रत्येक वर्ष बढ्यो, एकै ब्यक्तिकाे नाममा ३ करोड

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा वर्षेनी पेस्की पस्र्याैट बढ्दै गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आइतबार महालेखा परीक्षकले ६१औं वार्षिक अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको प्रतिवेदनमा पछिल्लो वर्षमात्रै ७ करोड ७१ लाख ४३ हजार पेस्की पस्र्याैट बाँकी रहेको बताएको छ ।

राखेपमा २०४३ सालबाट १ अर्ब २६ करोड ७० लाख ९६ हजार पेस्की रहेको थियो । यसवर्ष ७ करोडमाथि भएको बताइएको छ । ‘राखेपका वित्तीय विवरणअनुसार २०४३ देखि गत आर्थिक वर्षसम्मको १ अर्ब २६ करोड ७० लाख ९६ हजार रुपैयाँ पेस्की बाँकी रहेकोमध्ये यो वर्ष ७ करोड ७१ लाख ४३ हजार पस्र्यौट भएको छ,’ विवरणमा भनिएको छ, ‘बाँकी १ अर्ब १८ करोड ९९ लाख ५३ हजार र यस वर्ष थप भएको १९ करोड ९१ लाख ४५ हजार गरी १ अर्ब ३८ करोड ९० लाख ९८ हजार पेस्की बाँकी छ ।’

महालेखाको प्रतिवेदनअुनसार वर्षान्तमा २ हजार २८ पदाधिकारी, कर्मचारी, समिति र संघ संस्थाको नाममा १ करोड ९० लाख ९८ हजार पेस्की बाँकी छ ।

गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदको लागि १९ करोड ६९ रुपैयाँ पेस्की मध्ये एकै ब्यक्तिले ३ करोड ११ लाख रुपैयाँ सम्मको पेस्की बाँकी दिएको खुलेको छ ।

राखेपले पहिलाको पेस्की बाँकी रहे पनि पेस्की दिने गरेको, सामान खरिदको लागि समेत कर्मचारीलाई पेस्की दिने, समयमा फस्र्यौटको लागि कारबाही नगर्ने, प्रयोजन समाप्त भएको पेस्कीको अनुगमन नगरेको, फस्यौटका लागि कानुनी कारबाही नगरेको कारण प्रतिवर्ष पेस्की बाँकी रकम वृद्धि हुँदै महालेखाले ठहर गरेको छ ।

महालेखाको प्रतिवेदनले फस्र्यौट गर्न बाँकी पेस्की रकम नियमानुसार कारबाही गरी असुल तथा फस्र्याैट गर्नुपर्ने सुझाब पनि दिएको छ ।

महालेखाको विवरणअनुसार राखेपले पछिल्लो वर्ष २ अर्ब ६८ करोड ९६ लाख बजेटबाट मात्र १ अर्ब ६४ करोड ७६ लाख खर्च गरेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो