चैत्र ११, २०८२ बुधबार | ०७:१४:५८
श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

राष्ट्रिय कीर्तिमानसहित गणेशलाई स्वर्ण

काठमाडौं । गण्डकी प्रदेशका गणेश विकले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा मंगलबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गरे । उनले २०७५ सालको राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीका प्रभु थारुले बनाएको १.७७ मिटरको कीर्तिमान भंग गरे ।

बागमती प्रदेशका अविनाश सुनारले १.७५ मिटरका साथ रजत र लुम्बिनी प्रदेशका मिलन विश्वकर्माले १.७० मिटर जम्प गर्दै कांस्य पदक जिते ।

सो स्पर्धाको छात्रामा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरीले १.४१ मिटर जम्प गर्दै स्वर्ण पदक जितिन् । गण्डकीकी सिमा श्रेष्ठले १.३८ मिटरका साथ रजत र  दोश्रो तथा लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढाले १.३० मिटर जम्प गर्दै कांस्य पदक हात पारे ।

छात्र १५०० मिटर दौडमा गण्डकीका बादल कार्कीले स्वर्ण पदक जिते । उनले निर्धारित दूरी ४ मिनेट १९.१ सेकेन्डमा पूरा गरे । ४ मिनेट १९.६ सेकेन्डका साथ कर्णालीका अजय विकले रजत  तथा ४ मिनेट २२.७ सेकेन्डको  समय निकाल्दै सुदूरपश्चिमका विक्रम विकले कांस्य पदक जिते ।

 गणेश विक

उक्त स्पर्धाको छात्रामा कर्णालीकी कल्पना बुढाले निर्धारित दूरी तय गर्दै ५ मिनेटमा ०४.४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी देवकीकुमारी धामीले ५ मिनेट १३.०९ सेकेन्डका साथ रजत दोश्रो तथा बागमतीकी अस्मिता भुजेलले ५ मिनेट १९.८ सेकेन्डको समय निकाल्दै कांस्य पदक हात पारे ।

छात्राको ४००मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ताले स्वर्ण जिते । उनले ५१.५ सेकेन्डमा दूरी तय गरे । बागमतीका सन्तबहादुर दराईले रजत तथा कोशी प्रदेशका राकेश सार्की कांस्य पदक चुमे ।

सो स्पर्धाको छात्रामा स्वर्ण जितेकी कर्णालीकी सरिता खड्काले निर्धारित दूरी पार गर्न १ मिनेट ०२.३ सकेन्ड खर्चिइन् । लुम्बिनीकी अनिशा थारुले १ मिनेट ०३.५ सेकेन्डको रजत तथा कर्णालीकी भावना कर्सालले १ मिनेट ०३.७ सेकेन्डको समय निकाल्दै कांस्य पदक जिते ।

छात्रको १०० मिटर दौडमा मधेश प्रदेशका आदेशकुमार यादवले स्वर्ण चुमे । उनले निर्धारित दूरी पूरा गर्न ११.२० सेकेन्ड लगाए । बागमतीका प्रवीण राना मगरmे ११.३५ सेकेन्डका रजत तथा सुदूरपश्चिमका चन्द्र बोहरा ११.५२ सेकेन्डको समय निकाल्दै कांस्य पदक हात पारे ।

सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशीले निर्धारित दूरी १३.५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । गण्डकीका एन्जल अधिकारीले १३.६६ सेकेन्डको समय निकाल्दै रजत तथा निशा घर्तीले १३.७५ सेकेन्डको समय निकाल्दै कांस्य पदक जिते ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजनामा भइरहेको राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन् । पहिलो दिन मंगलबार आठ स्पर्धाको स्वर्णको छिनोफाने भयो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो