माघ १९, २०८२ सोमबार | ०१:०९:४५
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

राष्ट्रिय कीर्तिमानसहित गणेशलाई स्वर्ण

काठमाडौं । गण्डकी प्रदेशका गणेश विकले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा मंगलबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गरे । उनले २०७५ सालको राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीका प्रभु थारुले बनाएको १.७७ मिटरको कीर्तिमान भंग गरे ।

बागमती प्रदेशका अविनाश सुनारले १.७५ मिटरका साथ रजत र लुम्बिनी प्रदेशका मिलन विश्वकर्माले १.७० मिटर जम्प गर्दै कांस्य पदक जिते ।

सो स्पर्धाको छात्रामा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरीले १.४१ मिटर जम्प गर्दै स्वर्ण पदक जितिन् । गण्डकीकी सिमा श्रेष्ठले १.३८ मिटरका साथ रजत र  दोश्रो तथा लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढाले १.३० मिटर जम्प गर्दै कांस्य पदक हात पारे ।

छात्र १५०० मिटर दौडमा गण्डकीका बादल कार्कीले स्वर्ण पदक जिते । उनले निर्धारित दूरी ४ मिनेट १९.१ सेकेन्डमा पूरा गरे । ४ मिनेट १९.६ सेकेन्डका साथ कर्णालीका अजय विकले रजत  तथा ४ मिनेट २२.७ सेकेन्डको  समय निकाल्दै सुदूरपश्चिमका विक्रम विकले कांस्य पदक जिते ।

 गणेश विक

उक्त स्पर्धाको छात्रामा कर्णालीकी कल्पना बुढाले निर्धारित दूरी तय गर्दै ५ मिनेटमा ०४.४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी देवकीकुमारी धामीले ५ मिनेट १३.०९ सेकेन्डका साथ रजत दोश्रो तथा बागमतीकी अस्मिता भुजेलले ५ मिनेट १९.८ सेकेन्डको समय निकाल्दै कांस्य पदक हात पारे ।

छात्राको ४००मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ताले स्वर्ण जिते । उनले ५१.५ सेकेन्डमा दूरी तय गरे । बागमतीका सन्तबहादुर दराईले रजत तथा कोशी प्रदेशका राकेश सार्की कांस्य पदक चुमे ।

सो स्पर्धाको छात्रामा स्वर्ण जितेकी कर्णालीकी सरिता खड्काले निर्धारित दूरी पार गर्न १ मिनेट ०२.३ सकेन्ड खर्चिइन् । लुम्बिनीकी अनिशा थारुले १ मिनेट ०३.५ सेकेन्डको रजत तथा कर्णालीकी भावना कर्सालले १ मिनेट ०३.७ सेकेन्डको समय निकाल्दै कांस्य पदक जिते ।

छात्रको १०० मिटर दौडमा मधेश प्रदेशका आदेशकुमार यादवले स्वर्ण चुमे । उनले निर्धारित दूरी पूरा गर्न ११.२० सेकेन्ड लगाए । बागमतीका प्रवीण राना मगरmे ११.३५ सेकेन्डका रजत तथा सुदूरपश्चिमका चन्द्र बोहरा ११.५२ सेकेन्डको समय निकाल्दै कांस्य पदक हात पारे ।

सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशीले निर्धारित दूरी १३.५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । गण्डकीका एन्जल अधिकारीले १३.६६ सेकेन्डको समय निकाल्दै रजत तथा निशा घर्तीले १३.७५ सेकेन्डको समय निकाल्दै कांस्य पदक जिते ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजनामा भइरहेको राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन् । पहिलो दिन मंगलबार आठ स्पर्धाको स्वर्णको छिनोफाने भयो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।