चैत्र १३, २०८२ शुक्रबार | १३:१८:१०
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

स्ट्याग ग्लोबल टेबल टेनिस लिगः एभिएम च्याम्पियन

काठमाडौं । एभिएम टेबल टेनिस क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिपमा शनिबार च्याम्पियन बनेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको रोमाञ्चक फाइनलमा एभिएमले नेपाल प्रहरी क्लबलाई ८-६ ले पराजित गरेको हो ।

एभिएमका खेलाडीमा रुविन महर्जन, सुजन गडाल, सन्जिल शाक्य, अंकुर भट्टचार्जी(भारत), कौसनी नाथ  (भारत) , सिक्का सुवाल श्रेष्ठ, इभाना थापा मगर र वियंका राई थिए ।

प्रहरीको टोलीमा संयोग कपाली, विपुल महर्जन, निम जोशी, जुविन कुमार (भारत), नविता श्रेष्ठ, शुभश्री श्रेष्ठ, रविना महर्जन र सागरिका मुखर्जी (भारत) थिए ।

प्रतियोगितामा हरेक टोलीले अर्को टोलीविरुद्ध दुई पुरुष/महिला सिंगल्स र एक मिक्स डबल्स खेल्नुपर्ने थियो ।

पहिलो पुरुष सिंगल्समा एभिएमका अंकुरले प्रहरीका संयोगलाई ११-५,११-७,११-६ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुले । महिलाको पहिलो सिंगल्स दुई भारतीय खेलाडीबीच भएको थियो । प्रहरीकी सागरिकाले एपभएमकी कौसनीलाई ११-९,११-८,१०-११ हराउदै टोली लागि दुई अंक जोडिन् ।

दोश्रो सिंगल्सको समाप्तिमा एभिएमले ४-२ को अग्रता बनाएको थियो । प्रत्येक सेट जितका लागि टोली एक अंक पाउथे ।

मिक्स डबल्समा एभिएमका अंकुर र सिक्काको जोडीले प्रहरीका संयोग र सागरिकाको जोडीलाई ११-८, ३-११,११-८ ले हराए । मिक्स डबल्सको समाप्तिमा एभिएम ६-३ ले अघि रह्यो ।

दोश्रो पुरुष सिंगल्समा प्रहरीका जुविनले एभिएमका रुविनलाई ११-९,११-५,११-७ ले हराउदै महत्वपूर्ण तीन अंक जोडेको खेललाई ६-६ को बराबरीमा ल्याए ।

निर्णायक महिला सिंगल्समा इभानाले नौं पटककी राष्ट्रिय च्याम्पियन प्रहरीकी नवीतालाई ११-९, ११-८ ले स्तब्ध पार्दै एभिएमलाई उपाधि दिलाइन् ।

यदी नवीताले दोश्रो सेट जितेको भए खेल ७-७ को बराबरी स्थितिमा हुने थियो र खेल तेश्रो सेटतर्फ लम्कने थियो ।  इभानाले एभिएमका लागि आठ अंक जोडेपछि तेश्रो सेट खेलाउनु परेन ।

 विजेताले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गरे । तेश्रो भएका आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी र कान्तिपुर भ्याली पिङपोङ क्लबले समान ५० हजार  रुपैयाँ पाए । 

प्रतियोगितामा यी चारसहित नेपाल आर्मी, गोड स्पिन टेबल टेनिस एकेडेमी, नेपाल एपिएफ क्लब, ज्ञान भैरव डिल्लीबजार टेबल टेनिस क्लब र नगाउँ स्पोर्ट्स क्लब गरी नौ टोली सहभागी थिए ।

स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजना तथा कन्सेप्ट मेकर्सको व्यवस्थापन भएको प्रतियोगितामा प्रत्येक टोलीले एक/एक विदेशी पुरुष/ महिला खेलाडी राख्न पाउने प्रावधान थियो ।

चार टोली गोड स्पिन, ज्ञान भैरव, आर्मी र नगाउँले विदेशी खेलाडी राखेनन् । बाँकी सबैले भारतीय खेलाडीलाईअनुबन्ध गराएका थिए। एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गरेका थिए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबल टेनिस संघ, तदर्थ समितिका संयोजक चतुरानन्दराज वैद्य र उपसंयोजक वृजेन्द्र हमाल, टेबलटेनिसका पूर्वमुख्य प्रशिक्षक आरआर जोशी, सह–परायोजक सुमन खड्गीलगायलते पुरस्कृत गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो