माघ १६, २०८२ शुक्रबार | ०७:५३:०७
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

स्ट्याग ग्लोबल टेबल टेनिस लिगः एभिएम च्याम्पियन

काठमाडौं । एभिएम टेबल टेनिस क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिपमा शनिबार च्याम्पियन बनेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको रोमाञ्चक फाइनलमा एभिएमले नेपाल प्रहरी क्लबलाई ८-६ ले पराजित गरेको हो ।

एभिएमका खेलाडीमा रुविन महर्जन, सुजन गडाल, सन्जिल शाक्य, अंकुर भट्टचार्जी(भारत), कौसनी नाथ  (भारत) , सिक्का सुवाल श्रेष्ठ, इभाना थापा मगर र वियंका राई थिए ।

प्रहरीको टोलीमा संयोग कपाली, विपुल महर्जन, निम जोशी, जुविन कुमार (भारत), नविता श्रेष्ठ, शुभश्री श्रेष्ठ, रविना महर्जन र सागरिका मुखर्जी (भारत) थिए ।

प्रतियोगितामा हरेक टोलीले अर्को टोलीविरुद्ध दुई पुरुष/महिला सिंगल्स र एक मिक्स डबल्स खेल्नुपर्ने थियो ।

पहिलो पुरुष सिंगल्समा एभिएमका अंकुरले प्रहरीका संयोगलाई ११-५,११-७,११-६ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुले । महिलाको पहिलो सिंगल्स दुई भारतीय खेलाडीबीच भएको थियो । प्रहरीकी सागरिकाले एपभएमकी कौसनीलाई ११-९,११-८,१०-११ हराउदै टोली लागि दुई अंक जोडिन् ।

दोश्रो सिंगल्सको समाप्तिमा एभिएमले ४-२ को अग्रता बनाएको थियो । प्रत्येक सेट जितका लागि टोली एक अंक पाउथे ।

मिक्स डबल्समा एभिएमका अंकुर र सिक्काको जोडीले प्रहरीका संयोग र सागरिकाको जोडीलाई ११-८, ३-११,११-८ ले हराए । मिक्स डबल्सको समाप्तिमा एभिएम ६-३ ले अघि रह्यो ।

दोश्रो पुरुष सिंगल्समा प्रहरीका जुविनले एभिएमका रुविनलाई ११-९,११-५,११-७ ले हराउदै महत्वपूर्ण तीन अंक जोडेको खेललाई ६-६ को बराबरीमा ल्याए ।

निर्णायक महिला सिंगल्समा इभानाले नौं पटककी राष्ट्रिय च्याम्पियन प्रहरीकी नवीतालाई ११-९, ११-८ ले स्तब्ध पार्दै एभिएमलाई उपाधि दिलाइन् ।

यदी नवीताले दोश्रो सेट जितेको भए खेल ७-७ को बराबरी स्थितिमा हुने थियो र खेल तेश्रो सेटतर्फ लम्कने थियो ।  इभानाले एभिएमका लागि आठ अंक जोडेपछि तेश्रो सेट खेलाउनु परेन ।

 विजेताले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गरे । तेश्रो भएका आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी र कान्तिपुर भ्याली पिङपोङ क्लबले समान ५० हजार  रुपैयाँ पाए । 

प्रतियोगितामा यी चारसहित नेपाल आर्मी, गोड स्पिन टेबल टेनिस एकेडेमी, नेपाल एपिएफ क्लब, ज्ञान भैरव डिल्लीबजार टेबल टेनिस क्लब र नगाउँ स्पोर्ट्स क्लब गरी नौ टोली सहभागी थिए ।

स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजना तथा कन्सेप्ट मेकर्सको व्यवस्थापन भएको प्रतियोगितामा प्रत्येक टोलीले एक/एक विदेशी पुरुष/ महिला खेलाडी राख्न पाउने प्रावधान थियो ।

चार टोली गोड स्पिन, ज्ञान भैरव, आर्मी र नगाउँले विदेशी खेलाडी राखेनन् । बाँकी सबैले भारतीय खेलाडीलाईअनुबन्ध गराएका थिए। एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गरेका थिए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबल टेनिस संघ, तदर्थ समितिका संयोजक चतुरानन्दराज वैद्य र उपसंयोजक वृजेन्द्र हमाल, टेबलटेनिसका पूर्वमुख्य प्रशिक्षक आरआर जोशी, सह–परायोजक सुमन खड्गीलगायलते पुरस्कृत गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।