कबड्डी

हेपिएको खेलको उचो प्रदर्शन

काठमाडौं । तीन महिना अगाडि मात्र, एसियाली खेलकुदको तयारी थाल्दा नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद(राखेप)ले महिला कबड्डीबाट सायदै केही अपेक्षा राखेको थियो । कारण, महिला कबड्डीले पहिलोपटक यति ठूलो प्रतियोगितामा सहभागिता जनाउँदै थियो ।

तर, तीन महिनापछि चीनको हाङझाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा यहि महिला कबड्डीले देशको लाज बचायो । एकाध बाहेक सबै खेलमा नेपालको प्रतिनिधित्व पहिलो चरणभन्दा माथि जान सकेन । आशा गरिएका खेलहरुको प्रभाव शून्य बराबर भयो ।

जम्बो टोली र त्यसमा मिसिएका पदाधिकारीहरुको आलोचना चारैतिर फैलिरहेको थियो । जे जस्तो भएपनि नेपाली खेलकुदलाई माया गरिरहेका नेपाली समर्थकहरुले हरेस खाइसकेका थिए । उनीहरुले स्वीकार गरेका थिए, ‘यसपालि नेपाल पदकविहीन हुनेछ ।’

जम्बो टोली र त्यसमा मिसिएका पदाधिकारीहरुको आलोचना चारैतिर फैलिरहेको थियो । जे जस्तो भएपनि नेपाली खेलकुदलाई माया गरिरहेका नेपाली समर्थकहरुले हरेस खाइसकेका थिए । उनीहरुले स्वीकार गरेका थिए, ‘यसपालि नेपाल पदकविहीन हुनेछ ।’

यसबीच हाङझाउबाट समाचार आयो, ‘नेपाललाई कबड्डीमा कांस्य पदक’ । समूहको पहिलो खेलमा बंगलादेशमाथि ३७–२४ को जित हासिल गरेको नेपालले त्यसपछि इरानसँग ४३–१९ को हार ब्यहोरेको थियो ।

बंगलादेश इरानसँग पराजित भएपछि नेपालले समूह उपविजेता बन्दै सेमिफाइनलको यात्रा गर्यो र पहिलो पदक पायो । सेमिफाइनलमा भारतसँग ६१–१६ ले पराजित भएपछि नेपाल कांस्यमा सिमित भएको थियो । भारतले भने स्वर्ण पदक नै जित्यो ।

‘सातवटा मात्र टोली भएकाले हामीसँग ठूलो अवसर थियो । नेपालमै हुँदा हामीले खेलतालिका पाइसकेका थियौं । विपक्षीका बारेमा आवश्यक योजना बनाएर हामी चीन पुगेका थियौं,’ मुख्य प्रशिक्षक पार्वती राई बंगलादेशलाई हराएको दिन सम्झन्छिन् । ‘खेल हुनुभन्दा अगाडि खेलाडीहरुले एकअर्कालाई हौसला दिए । राखेप सदस्य सचिव टंकलाल घिसिङ ज्यूले पनि कोर्टमै आएर खेलाडीलाई हौसला दिनुभयो,’ प्रशिक्षक राईले भनिन् ।

एसियाली खेलकुद कुम्भमेला सकिएको आज एक हप्ता भइसकेको छ । ऐतिहासिक सफलताको खुसी साटासाट गरिरहेको महिला कबड्डीको अब बेला आएको छ, अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो स्थान खोज्ने ।

औपचारिक खेलको अन्तिम दिन नेपालका लागि करातेकी एरिका गुरुङले ऐतिहासिक रजत जित्दै हरेस खाएका खेलकुद प्रेमीलाई थप खुसी दिलाइन् ।

एसियाली खेलकुद कुम्भमेला सकिएको आज एक हप्ता भइसकेको छ । ऐतिहासिक सफलताको खुसी साटासाट गरिरहेको महिला कबड्डीको अब बेला आएको छ, अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो स्थान खोज्ने ।

‘नेपाली खेलकुद इतिहासमा सुनौलो अक्षरले कबड्डीको नाम लेखाएका छौं । एसियाली खेलकुदमा महिला कबड्डीलाई समावेश गराएकोमै हामी एकदमै खुसी थियौं । पदक प्राप्त गर्दा त झनै खुसीको सिमा नै छैन,’ खेलाडी डटकमसँग प्रशिक्षक राईले खुसी साटिन् ।

एसियाली खेलकुद जाने नजाने भन्ने विषयमा नै टुंगो लागेको थिएन । प्रशिक्षण अन्योल हुने त ठूलो कुरै भएन । देशमा कोर्टको अभाव भएका कारण संघले खेलाडीलाई एक महिने विशेष प्रशिक्षणका लागि भारत पठाएको थियो ।

भारतबाट फर्केपछि टोलीले दशरथ रंगशालाको ट्र्याकमा प्रशिक्षण गरे । रंगशालाबाहेक टोली कहिले टेबल टेनिस हल त कहिले उसु हलमा अभ्यास गर्न बाध्य भए । तर, नियामक निकायको प्राथमिकतामै नपरेको खेलले यी सबै हन्डरका बावजुद देशलाई पहिलो पदक दिलाए ।

भारतबाट फर्केपछि टोलीले दशरथ रंगशालाको ट्र्याकमा प्रशिक्षण गरे । रंगशालाबाहेक टोली कहिले टेबल टेनिस हल त कहिले उसु हलमा अभ्यास गर्न बाध्य भए । तर, नियामक निकायको प्राथमिकतामै नपरेको खेलले यी सबै हन्डरका बावजुद देशलाई पहिलो पदक दिलाए ।

टोलीको नेतृत्व कप्तान मेनुका राजवंशीले गरेकी थिइन् । टोलीमा नेपाली सेनाबाट ४, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एपिएफबाट समान ३ र सुदूरपश्चिम र गन्डकी प्रदेशबाट समान एक खेलाडी थिए । यी खेलाडीले पहिलोपटक एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका हुन् ।

नेपालमा कबड्डी संगठन २०३४ सालमा स्थापना भएको थियो । काठमाडौंमा भएको पहिलो प्रथम वृहत राष्ट्रिय खेलकुदमा पनि कबड्डी खेल समावेश गरिएको थियो । त्यसयता नवौं राष्ट्रिय खेलकुद सकिँदासम्म कबड्डीलाई निरन्तर समावेश गरिएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको कुरा गर्ने हो भने पुरुष कबड्डीले १९९० बेइजिङ एसियाली खेलकुदमा पहिलोपटक सहभागिता जनाएको थियो । त्यसयता पुरुष टोलीले सन् १९९४ हिरोशिमा, सन् १९९८ बैंकक र सन् २०१८ जाकार्ता गरि कुल चार पटक एसियाली खेलकुदमा देशको प्रतिनिधित्व गरेको छ । महिला टोलीको भने यो नै पहिलो सहभागिता हो ।

२०७४ जेठ ९ मा भलिबलले आधिकारिक रुपमा राष्ट्रिय खेलको मान्यता पाउनुअघि कबड्डीलाई राष्ट्रिय खेल भनेर भनिन्थ्यो । तर, यसले आधिकारिक मान्यता भने पाएको थिएन ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को कुरा गर्ने हो भने महिला टोलीले सन् २००६ कोलम्बोमा पहिलोपटक सहभागिता जनाएको थियो । त्यतिबेला टोली पदकविहीन भयो । त्यसयता टोलीले हरेक संस्करणमा पदक हासिल गरेको छ । सन् २०१० ढाका र २०१६ गुहाटीमा कांस्य जितेको कबड्डीले सन् २०१९ काठमाडौंमा भएको पछिल्लो संस्करण रजत पदक हासिल गरेको थियो ।

२०७४ जेठ ९ मा भलिबलले आधिकारिक रुपमा राष्ट्रिय खेलको मान्यता पाउनुअघि कबड्डीलाई राष्ट्रिय खेल भनेर भनिन्थ्यो । तर, यसले आधिकारिक मान्यता भने पाएको थिएन ।

‘भलिबललाई राष्ट्रिय खेलको मान्यता दिँदा हामीले आवाज नउठाएका होइनौं । तर, हामी कुन आधारले भलिबलभन्दा अगाडि छौं भन्न कुरा पनि बुझ्नुपर्छ । हाम्रो गतिविधि नै छैन । नियमित प्रतियोगिताहरु पनि नहुने । प्रतियोगिता आयोजनामा संघ चनाखो नहुँदा हामी पछि रह्यौं,’ २०५२ सालदेखि कबड्डीमा प्रशिक्षकका रुपमा आवद्ध राईले भनिन् ।

सिमित पूर्वाधार र राज्यको बेवास्ताबीच पनि कबड्डीले देशका लागि पदक दिलाएको छ । आगामी दिनमा पनि पदकको आश गर्ने हो भने सरकारले अहिले देखि नै यसमा लगानी गर्न आवश्यक छ । नत्र हाङझाउको कथा आगामी दिनमा दोहोरिन्छ भन्न सकिन्न । कबड्डीप्रति सरकारको हेर्ने नजर परिवर्तन भए कबड्डीको उचाइ यो भन्दा पनि माथि जानेमा कुनै दुई मत छैन ।

 सरकारले काठमाडौंमा एउटा कबड्डी हल निर्माण गरिदिए प्रतियोगिता सञ्चालनमा सहयोग मिल्नेथियो । निश्चित ठाउँमा हल भइसकेपछि नियमित रुपमा प्रशिक्षण पनि हुन्छ

प्रशिक्षक राई भन्छिन्, ‘जति कम प्रतियोगिताहरु आयोजना हुन्छन्, त्यति नै खेलाडीहरु हराएर जान्छन् । सरकारले काठमाडौंमा एउटा कबड्डी हल निर्माण गरिदिए प्रतियोगिता सञ्चालनमा सहयोग मिल्नेथियो । निश्चित ठाउँमा हल भइसकेपछि नियमित रुपमा प्रशिक्षण पनि हुन्छ ।’

'अहिले राष्ट्रिय प्रतियोगिता गर्ने हो भने हामीसँग हल कतैपनि छैन । काठमाडौँमा मात्रै नभएर अहिले सातैवटा प्रदेशमा संरचना तयार भए कबड्डीको स्तर माथि जानेछ । संरचना बाहेक संघले वार्षिक क्यालेन्डर बनाउनुपर्छ । त्यही क्यालेन्डर अनुसार कार्यहरु भए मात्र मात्र कबड्डी अगाडि बढ्नेछ ।’

याे पनिः

मानबहादुर अर्थात भलिबलका ‘रोलरकोष्टर’

भारतमाथि ‘जिङ्क्स’ तोड्ने पाकिस्तानी प्रयास

बिर्सनै नसकिने हाजार्ड

एसियाली खेलकुदः जम्बो टोलीको फुच्चे प्रदर्शन