ह्यान्डबल

महिला ह्याण्डबल: एपिएफ, गण्डकी, आर्मी र प्रदेश–१ अन्तिम ४ मा

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला ह्यान्डबलको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ए बाट विभागीय एपीएफ समूह विजेता र गण्डकी प्रदेश उपविजेता बन्दै अन्तिम ४ मा स्थान बनाएका छन् ।

महिलातर्फ समूह बी बाट विभागीय आर्मी र प्रदेश–१ ले सेमिफाइनलमा स्थान बनाएको छ । सो समूहबाट आर्मी विजेता र प्रदेश–१ उपविजेता बन्दै अन्तिम ४ मा स्थान बनाएको हो ।

सेमिफाइनलमा एपीएफ र प्रदेश–१ बीच सेमिफाइनल खेल्नेछ । त्यस्तै, विभागीय आर्मी र गण्डकी सेमिफाइनल खेल्नेछन् ।