चैत्र ६, २०८२ शुक्रबार | १९:२९:४१
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

नवौं राष्ट्रिय खेलकुदको उपयुक्त समय निर्धारण गर्न माग

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति उपयुक्त नभएको भन्दै समय निर्धारण गर्न माग गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असोज २८ देखि कात्तिक तीन गतेसम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने तय गरेको थियो । तर, शुक्रबार लोकतान्त्रिक खेलकुद संघले एक विज्ञप्ति जारी गर्दै विभिन्न मागको सुनुवाइ गर्न पत्रकार सम्मेलन गरेको थियो ।

सो विज्ञप्तिमा सातै प्रदेशमा खेलकुदको लागि आवश्यक तयारी, प्रशिक्षण, छनौट बिना नै राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिएकोले यथेष्ट समयमा कार्यक्रम गर्नको लागि आवश्यक पूर्व तयारी गरिनु पर्ने, खेलकुद प्रतियोगितामा स्थानीय व्यवस्थापनको लागि प्रदेशका सरोकारवालाहरुलाई समेटेर व्यवस्थापन गरिनु पर्ने माग गरेको छ ।

खेल मैदानहरुको शान्ति सुरक्षा तथा खेलाडीहरुको सुरक्षामा ध्यान दिनुका साथै खेलाडीहरुको हकहितको सुनिश्चित गरिनु पर्ने, भौगोलिक अवस्था अनुसार गण्डकी प्रदेशको सबै जिल्लाहरुमा उपयुक्त रहने खेलहरु तत्–तत् जिल्ला वा स्थानमा नै खेलाइने व्यवस्था गरिनु पर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार खेल मैदानको व्यवस्था गरिनु पर्ने, प्रतियोगिताको आर्थिक हर–हिसाब पारदर्शिता गरिनु पर्ने, प्रतियोगिताको अपनत्व यस संघले पनि पाउनु पर्ने तथा दशैं र तिहारको बेलामा खेलकुद प्रतियोगिताको समय निर्धारण गरिएकोले उक्त समय उपयुक्त नदेखिएकोले त्यसलाई परिमार्जन गरिनु पर्ने माग गरेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो