माघ १७, २०८२ शनिबार | ०४:३६:५४
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

नवौं राष्ट्रिय खेलकुदको उपयुक्त समय निर्धारण गर्न माग

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति उपयुक्त नभएको भन्दै समय निर्धारण गर्न माग गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असोज २८ देखि कात्तिक तीन गतेसम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने तय गरेको थियो । तर, शुक्रबार लोकतान्त्रिक खेलकुद संघले एक विज्ञप्ति जारी गर्दै विभिन्न मागको सुनुवाइ गर्न पत्रकार सम्मेलन गरेको थियो ।

सो विज्ञप्तिमा सातै प्रदेशमा खेलकुदको लागि आवश्यक तयारी, प्रशिक्षण, छनौट बिना नै राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिएकोले यथेष्ट समयमा कार्यक्रम गर्नको लागि आवश्यक पूर्व तयारी गरिनु पर्ने, खेलकुद प्रतियोगितामा स्थानीय व्यवस्थापनको लागि प्रदेशका सरोकारवालाहरुलाई समेटेर व्यवस्थापन गरिनु पर्ने माग गरेको छ ।

खेल मैदानहरुको शान्ति सुरक्षा तथा खेलाडीहरुको सुरक्षामा ध्यान दिनुका साथै खेलाडीहरुको हकहितको सुनिश्चित गरिनु पर्ने, भौगोलिक अवस्था अनुसार गण्डकी प्रदेशको सबै जिल्लाहरुमा उपयुक्त रहने खेलहरु तत्–तत् जिल्ला वा स्थानमा नै खेलाइने व्यवस्था गरिनु पर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार खेल मैदानको व्यवस्था गरिनु पर्ने, प्रतियोगिताको आर्थिक हर–हिसाब पारदर्शिता गरिनु पर्ने, प्रतियोगिताको अपनत्व यस संघले पनि पाउनु पर्ने तथा दशैं र तिहारको बेलामा खेलकुद प्रतियोगिताको समय निर्धारण गरिएकोले उक्त समय उपयुक्त नदेखिएकोले त्यसलाई परिमार्जन गरिनु पर्ने माग गरेको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।