भाद्र २, २०८२ मंगलबार | ०२:५२:१६
टप एन्ड ट्वान्टी-२० शृंखलाः पहिलो जितको लक्ष्यमा नेपाल विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली टप एन्ड ट्वान्टी-२० शृंखलाः पहिलो जितको लक्ष्यमा नेपाल विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली

बजेटमा खेलकुदः पुरानै कार्यक्रमको निरन्तरता

काठमाडौं । पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिँदै नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा नवौं राष्ट्रिय खेलकुद आयोजना र १०औं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेको छ ।

काठमाडौंको मुलपानीमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न गर्ने, कैलालीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने, कीर्तिपुरस्थित क्रिकेट रंगशालाको स्तरोन्नति गर्नेलगायतका योजना पनि अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ ।

यसैगरी सरकारले एक पालिका एक खेल पूर्वाधार, ओलम्पिक तथा एसियाली खेलकुदका पदक विजेतालाई भत्ता प्रदान गर्ने, खेलाडीको विमा गर्नेलगायतका कामलाई निरन्तरता दिइएको बजेटले भौतिक पूर्वाधार निर्माण तथा पुर्ननिर्माणका लागि कुल ८७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

खेलकुद विकासका लागि २० वर्षे गुरुयोजना ल्याउने, खेल पर्यटनको प्रवद्र्धनका लागि साहसिक खेलकुदको पूर्वाधार निर्माण गर्ने, फ्रेन्चाइज लिग आयोजनाको अनुकुल वातावरण बनाउने लगायतका योजना समेट्दै मन्त्री शर्माले प्रस्तुत गरेको बजेटको खेलकुद अंश उनकै शव्दमा:

  • खेलकुद पर्यटनको प्रवर्धनका लागि सार्वजनिक नीजि साझेदारीमा साहसिक तथा पर्वतीय खेलकुदको पूर्वाधार निर्माणका लागि तथा सञ्चालन गर्न प्रोत्साहित गरिनेछ ।
  • जुम्ला जिल्लाको कोप्ला पाटनलगायत स्थानमा हाइ अल्टिच्युट स्पोर्टस एन्ड टे«निङ सेन्टर स्थापना गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
  • काठमाडौंको मुलपानीमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निमार्ण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।
  • कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रात्रिकालिन खेल खेल्न सकिने गरी स्तरोन्नती गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
  • प्रदेश र स्थानिय तहसँगको सहकार्यमा चितवनमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशालाको अधुरो निमार्ण कार्य पूरा गर्ने व्यवस्था मिलाइने छ ।
  • नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक रकम विनियोजन गरेको छु । १०औं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।
  • एक स्थानिय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिएको छु । बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रंगशाला निमार्णका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट रंगशाला तथा खेलग्रामको निर्माण गरिनेछ ।
  • खेल पूर्वाधार ८७ करोड विनियोजन गरेको छु ।
  • खेलकुद विकाशको २० वर्षे गुरुयोजना तयार गरी कार्यान्वायनमा ल्याइनेछ । यसका लागि खेल विश्वविद्यालय खोल्न प्रोत्साहन गरिनेछ ।
  • विदेशी क्लबलाई नेपालमा फ्रेन्चाइज लिग आयोजना गर्न अनुकुल वातावरण गर्न बनाउने । खेलकुद संघको सस्थागत क्षमता अभिवृद्धि गरि खेकलुद प्रतियोगिताको आयोजनामा खेलसंघहरुको भूमिकालाई प्रभावकारी बनाइनेछ ।
  • खेलाडी र प्रशिक्षणको क्षमताविकासको लागि कार्यक्रम संचालन गरिनेछ । खेलाडीलाई प्रोत्साहन गर्न कार्यक्रमलाई निरन्तरता दिएको छु ।
  • अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकको विमा गर्ने व्यवस्था मिलाइने । खेलकुद संघलाई दिँदै आएको अनुदान वृद्धि गरेको छु ।
  • राखेपको लागि रु २ अर्व ९ करोड विनियोजन गरेको छु । महोत्तरी मटिहानी चितवनको कढार र पूर्वी नवलपरासीको मध्यविन्दुमा स्थानिय तह र नीजि क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना हुनेछ ।
  • एसियाली र ओलम्पिक खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई आजिवन मासिक जिवन वृत्तिको व्यवस्था गर्ने प्रवन्ध मिलाइनेछ ।
  • युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्व ४६ करोड विनियोजन गरेको छु ।

भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video