काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले प्रत्येक वर्ष आयोजना गर्ने एनएनआइपिए स्पोर्टस अवार्डअन्तर्गत अरुणा शाही र विराज महर्जन वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
मंगलबार गोदावरीस्थित बज्र बाराही मन्दिर परिषरमा सम्पन्न अवार्ड समारोहमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्ताान अरुणा महिलातर्फ र नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन् । दुबैले सम्मान पत्रसहित एक लाख नगद पुरस्कार प्राप्त गरे ।
यस्तै, वर्षको उदीयमान खेलाडी महिलातर्फ उसुकी निमा घर्तिमगर र पुरुषतर्फ प्रिन्स दाहाल घोषित हुँदा तेक्वादोकी पार्वती गुरुङ र ट्रायथलनका हिमाल टमाटा वर्षको प्रतिभाशाली खेलाडी घोषित भए । चारै जनाले ५० हजार नगद प्राप्त गरे ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
