चैत्र १७, २०८२ मंगलबार | ०३:३४:०३
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ साउन ३ गते शनिबार हुने भएको छ ।

अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे)स्थापनाको एक शताब्दी पूरा भएको अवसरमा हिमालयन १०० आयोजना गरिएको थियो । उक्त प्रतियोगिता फिडेको विश्वव्यापी अभियान अन्तर्गत ‘गिनिज वर्ल्ड रेकर्डर्समा दर्ता भएको थियो । त्यसैको दोस्रो संस्करणस्वरुप ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’को आयोजना हुन लागेको हो ।

गत वर्ष एक सय खेलाडीको सहभागितामा हिमालयन १०० सम्पन्न भएको थियो । यसपालि दुई सय खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ ।

हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूका अनुसार एकदिने प्रतियोगितामा खुलासहित १७ स्पर्धामा ६७ हजार रुपैयाँ पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । उनी भन्छिन्, ‘पहिलो संस्करणमा एक सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए, यसपालि दुई सय खेलाडी खेल्दैछन् । यो संख्याले नेपालमा सबभन्दा बढी खेलाडी सहभागी हुने ब्लिट्ज चेस प्रतियोगिताको रेकर्ड बनाउनेछ ।’

नेपाल बिलियर्ड, स्नुकर तथा पूल संघका केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्र केसी भोटेबहाल युवा क्लबका पूर्वअध्यक्ष पनि हुन् । उनको ४४ वर्षको उमेरमा २०७७ जेठ २५ गत निधन भएको थियो ।

उनकी धर्मपत्नी वन्दना खड्काका अनुसार केसी बालबालिकालाई एकदमै माया गर्ने व्यक्तित्व थिए । बालबालिकाको बौद्धिक विकासमा यो प्रतियोगिताले सहयोग पुर्याउने खड्काले विश्वास व्यक्त गरेकी छन् । उनले भनिन्, ‘उहाँको बालबालिकाप्रति छुट्टै लगाब थियो । यो प्रतियोगिताले बालबालिकालाई अनुशासित बन्नेसँगै बौद्धिक विकासमा सहयोग पुग्ने विश्वास गरेकी छु ।’

त्रिपुरेश्वरस्थित वोगन भिल्लामा हुने खुलातर्फका विजेताले १० हजार, उपविजेताले सात हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पाउनेछन् । खुलातर्फ उत्कृष्ट १०, यु–१५ मा शीर्ष सातसहित सबै स्पर्धाका विजेताले नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा खुला, यु–१५ बाहेक महिला, भेट्रान, फिडे रेटिङ १७०० मुनि, १५०० मुनि, अनरेटेड, यु–१३, यु–११, यु–९, यु–७ र बेस्ट एचसीए स्पर्धा समावेश गरिएको छ । उमेर समूह र बेस्ट एचसीएमा ‘गल्र्स’ र ‘ब्वाइज’का दुवै स्पर्धामा राखिएको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु हिमालयन चेस एकेमेडीले आयोजना गर्न लागेको आठौं प्रतियोगिता हो । २०८० साल चैत १ गते स्थापना भएको एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकड्र्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप र देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता– हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरिसकेको छ ।

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी पाँचवटा कोर्समा एक सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ ।

एकेडेमीमा भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । त्यस्तै एकेडेमीले प्रत्येक वुधबार महिलालाई निशुल्क प्रशिक्षण दिइरहेको छ भने स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।

यसैगरी एकेडेमीले कमनवेल्थ च्याम्पियन रहेका भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर खेलाडी र प्रशिक्षकलाई विशेष प्रशिक्षण पनि दिएको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो