चैत्र १७, २०८२ मंगलबार | ०३:३३:५९
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रथम जुनियर राष्ट्रिय चेस च्याम्पियनसिपमा झापाका रिसोन थापा र रिया श्रेष्ठ च्याम्पियन बनेका छन् ।  रिसोनले छात्र तथा रियाले छात्रातर्फको उपाधि जितेका हुन् ।

रिसोनले ९ चरणको खेलमा पूर्ण ९ अंक प्राप्त गरे । सिएम पुरुषोत्तम सिलवाल आठ अंकका साथ उपविजेता बने । सात अंक जोडेका प्रतिक सुवेदीले तेस्रो स्थानमा रहे ।

प्रतिकसँग समान सात अंक रहे पनि प्रोगेसिभ प्वाइटका आधारमा पछि पर्दै ललितपुरका अविक शाह चौथो र काठमाडौंका अग्रिम सैजु पाँचौं स्थानमा रहे ।

यसैगरी जुनियर छात्रातर्फ अपराजित रहँदै च्याम्पियन बनेकी काठमाडौंकी रियाले सात चरणको खेलमा पाँच जित र दुई बराबरी नतिजासँगै ६ अंक जोडिन् ।

बाँकेकी ईशा गिरीले ५.५ अंक र टाइब्रेकर ३३ प्वाइन्ट जोडेर उपविजेता बनिन् । ईशासँग समान अंक भए पनि टाइब्रेक प्वाइन्टमा पछि पर्दै दक्षिणकाली नगरपालिकाकी एन्जल महर्जनले तेस्रो तथा काठमाडौंकी दानिसा पुरीले चौथो स्थान हासिल गरे ।

काठमाडौंकै प्रिसियस अधिकारीले पाँच अंक जोडेर पाँचौं स्थानमा रहिन् ।

दुवैतर्फका शीर्ष पाँचले क्रमशः४० हजार, २५ हजार, १० हजार, ७ हजार ५०० र ५ हजार रुपौयाँ प्राप्त गरे । 

छात्र यु-८ मा शुभाङ्ग प्रधान, यु-१० मा आस्विक पोखरेल, यु-१२मा समृद्ध श्रेष्ठ, यु-१४  माओस्कार पन्थी, यु-१६ मा आद्यान्त काफ्ले र यु-१८ मा युनिक गौतम उत्कृष्ट ठहरिए ।

यसैगरी छात्रातर्फ यु-१० मा अग्रता आचार्य, यु १२ मा निहाना श्रेष्ठ, यु-१४ मा नेलिसा ओझा, यु-१६ मा ओजस्वी श्रेष्ठ र यु-१८ मा ग्लोसी श्रेष्ठ उत्कृष्ट भए ।

बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले विजेता खेलाडीलाई पुरस्कार वितरण गरे । कार्यक्रममा पुरस्कार वितरण कार्यक्रम संयोजक दीपक तामाङ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, प्रवक्ता राजु ताम्राकारलगायतको उपस्थिति थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो