श्रावण १४, २०८२ बुधबार | २३:२८:३६
एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने

ग्रेस महर्जनलाई उपाधि

काठमाडौं । नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगितामा शनिबार ओभरअल च्याम्पियन बनेका छन् ।

च्याम्पियन ग्रेसले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल पुलिस क्लबमा भएको प्रतियोगितामा ग्रेस पुरुष ७५ केजीमाथिमा पहिलो हुँदै फाइनल चरणमा प्रवेश गरेका थिए । आफ्नो तौल समूहमा पहिलो भएवापत ग्रेसले थप ५० हजार रुपैयाँ हात पारे ।

प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमा ह्यामर फिट्नेसका सुमित गिरी, ६५ केजीमा बी एन्ड एल फिट्नेस स्टेसनका किशोर लिम्बु, ७० केजीमा बडी गराजका अभिजित राजवंशी र ७५ केजीमा व्यायाम मन्दिरका सुरेश मुनिकार पहिलो भए । पुरुषतर्फ तौल समूहका शीर्ष पाँचले क्रमशः ५०  ४०, ३०,२० हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

महिला खुलामा डिभाइनकी उर्मिला श्रेष्ठले उपाधि जितिन् । महिलामा शीर्ष पाँचमा रहनेले क्रमशः १ लाख, ५०, ३०, २० र १० हजार रुपैयाँ  पाए ।

विजेतालाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, आयोजक प्रतिष्ठानकी निर्देशक गंगा दाहाललगायतले  पुरस्कृत गरे ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081