चैत्र २०, २०८१ बुधबार | १४:३५:५६
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

राष्ट्रिय भेट्रान च्याम्पियनसिपः बद्रीलाल लगातार दोस्रो पटक च्याम्पियन

बद्रीलाललाई ट्रफी प्रदान गरिँदै ।

काठमाडौं । ललितपुरका बद्रीलाल नेपालीले राष्ट्रिय भेट्रान चेस च्याम्पियनसिपको उपाधि रक्षा गरेका छन् । 

उनी २०७९ सालमा सम्पन्न पछिल्लो संस्करणको पनि च्याम्पियन हुन् ।

नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको च्याम्पियन बनेसँगै बद्रीले ४० हजार रुपेयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

धादिङको थांक्रे गाउँपालिकाले प्रायोजन गरेको प्रतियोगितामा तीन पटकका पूर्व नेपाल च्याम्पियन बद्रीले सात चरणको खेलमा पाँच जित र दुई बराबरीको नतिजासहित ६ अंक जोडे । बद्री २१२४ रेटिङ पर्फोम गर्दै व्यक्तिगत २८ रेटिङ समेत वृद्धि गर्न सफल भएका छन् ।

प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले ५.५ अंक जोडेर उपविजेता बने । १८६६ रेटेड काठमाडौंका नविनले २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

लामो समयपछि बुद्धिचालमा पुनरागमन गरेका पूर्व नेपाल च्याम्पियन एफएम बिलमलाल श्रेष्ठले तेस्रो स्थान हासिल गरे ।

ललितपुरका १९८७ रेटेड एफएम बिलमलालले समान पाँच अंक भए पनि डाइरेक्ट इन्काउन्टर, बुचोल्ज टाइब्रेक गेम प्वाइन्ट कट वान र कट टु, मोस्ट विन ब्लाकका आधारमा भक्तपुरका जगन्नाथ ताम्राकार तथा ताप्लेजुङका हर्कबहादुर चोङ्वाङलाई पछि पारे ।

बिलमले १५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र हात पारे । चौथो भएका जगन्नाथले १० हजार र पाँचौं भएका र्हकले ८ हजार रुपैयाँ  पाए ।  

यस्तै काठमाडौंका १८४३ रेटेड सिएम भगवतीप्रसाद शमाले छैटौं तथा भक्तपुरका १८४५ रेटेड गणेशमान दुवालले सातौं स्थानमा रहँदै समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल बुद्धिचाल महासंघले २०६६ सालदेखि राष्ट्रिय भेट्रान च्याम्पियनसिप प्रतियोगिता गर्दै आएको छ ।

धादिङ जिल्ला बुद्धिचाल संघले यसै अवसरमा सातचरणको जिल्ला च्याम्पियनसिप प्रतियोगिता पनि सम्पन्न गरेको छ । प्रतियोगितामा निराजु लामा ६ अंकसहित प्रथम, मनिष कोइराला ५.५ अंक जोडेर द्वितीय र रमेश हमाल ५ अंक जोड्दै तृतीय स्थानम रहे ।

उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार कार्की र धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष विकास कार्कीले पुरस्कार वितरण गरे ।


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।